बिहिबार, बैशाख ६, २०८१

गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा

 

गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परे सुक्रबार  ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आइतवार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।

शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?