मङ्लबार, असार १२, २०८१

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?