शनिबार, साउन १२, २०८१

गुल्मीमा पिकअप गाडी दुर्घटना हुदा एक जनाको मृत्यु

राधा पोख्रेल/गुल्मी
गुल्मीमा पिकअप गाडी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मुसीकोट नगरपालिका वडानम्बर ९ ददल्का बस्ने वर्ष ५५ को काले कामी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपि माधव खरेलले जानकारी दिनुभयो । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ९ ददल्का बुकीडाँडा स्थित वामी शान्तिपुर सडक खण्डमा लु १ च ७२९८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो। गाडी २५ मिटर भन्दा तल पुगेको छ। गाडिमा सवार अन्य ६ जना घाइते भएका छन ।घाइते हुनेमा गाडी चालक जिल्ला गुल्मी मुसीकोट नग।पालिका ९ अर्लाङकोट बस्ने वर्ष २७ को शंकर परियारको दुवै खुट्टा र ढाडमा चोट लागेको छ । उहाको अवस्था मध्यम रहेको छ ।यस्तै सोहि स्थानकै वर्ष ५८ को रिखे विक, वर्ष ५४ को सन्तविर विक,वर्ष २१ को प्रकाश विक,वर्ष २० की सविना विक,वर्ष २६ को रमिला विक घाइते भएका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal