शनिबार, साउन १२, २०८१

रेणु यादवको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौं। राष्ट्रिय जनमोर्चा(राजमो)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

राजमोका अध्यक्ष चित्रबहादुर केसीद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन। सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन। हामीले मन्त्री यादवको त्यस प्रकारको अभिव्यक्तिको विरोध र भर्त्सना गर्दछौं।’

गत बिहीबार बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। २०६३ चैत ७ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच भएको हिंसात्मक घटनामा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal