शनिबार, साउन १२, २०८१

मूलप्रवाह एकता समाजको राष्ट्रिय सम्मेलनको प्रचार: पंजावको अबोहरमा संगठन निर्माण

खिमराज चालिसे, चंडिगढ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन तयारीका क्रममा विभिन्न क्षेत्र तथा नगरहरुमा प्रशिक्षण, प्रचारात्मक सभा तथा संगठन निर्माण अभियान जारी छ ।

मूलप्रवाहको आठौं अखिल भारत सम्मेलन प्रचारात्मक कार्यक्रम अन्तर्गत आइतबार सुदूरपश्चिमोत्तर क्षेत्रको अबोहरमा आयोजित दुईवटा छुट्टा छुट्टै भेलाले समिति गठन गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले दुईवटै स्थानमा आयोजित भेलामा मूल प्रवाहको राष्ट्रिय सम्मेलन तथा समाजको इतिहास र विधान एवं घोषणापत्र लगाएतका विषयमा समसामयिक प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै, मूलप्रवाह अबोहर नगरसमिति अन्तर्गत गली नम्वर १५ मा आयोजित भेलाले एरिया समिति गठन गरेको छ । ११ सदस्सीय एरिया समितिको नामावली क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौपानेले घोषणा गर्नु भएको थियो । जसमा अध्यक्ष जीवन विक, सचिव कमल विक, कोषाध्यक्षमा सुन्दर विक चयन हुनु भएको छ । सदस्यहरुमा कमल विक (क), कमल विक (ख), बाबुराम विक, केशव विक, सन्तोष विक, मनोज विक, सागर विक, र सुनिल विक रहनु भएको छ।

यसैगरी, सिताकुनामा भएको भेलामा विभिन्न समसामयिक विषयहरुमा छलफलपछि ५ सदस्सीय सिताकुना टोल समिति गठन गरिएको छ । समितिको घोषणा हुकुम बहादुर जिसीले गर्नुभएको थियो । नवगठित समितिमा अध्यक्ष धन बहादुर एमसी, सचिव शालिकराम एमसी, कोषाध्यक्ष विक्रम भण्डारी तथा सदस्यहरुमा झकेन्द्र प्रसाद भण्डारी र गोर बहादुर जिसी रहनु भएको छ।

कार्यक्रम गिरु प्रसाद न्यौपानेको अध्यक्षता तथा हुकुम बहादुर जिसीको सञ्चालनमा सम्पन्न गरिएको थियो भने सुदूरपश्चिमोत्तर महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराईको पनि दुवै कार्यक्रममा आथित्यता रहेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal