शनिबार, साउन १२, २०८१

आठौ राष्ट्रीय सम्मेलन प्रचारात्मक कार्यक्रम हरु तिव्र गतिमा सम्पन्न हुदै

 

खिमराज चालिसे,
चंडिगढ,
३० जनवरी २०२२

मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौ राष्ट्रिय सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठन का नेता कार्यकर्ता हरुमा थप जोस जागर उमंग र हौसला बढिरहेको छ। सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत आर्थिक सहयोग संकलन, सदस्यता वितरण, क्लास र संगठन विस्तार कार्य तिव्र पार्दै मूलप्रवाहको सुदुर पश्चीमोत्तर क्षेत्रका नगरहरुमा संगठनात्मक गतिविधिहरु शशक्त रुपमा संचालन गरिएका छन।

मुक्तशहर-
मूलप्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको मुक्तशहर मा आज केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जीसी, क्षेत्रिय महिला विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, शिवप्रसाद पोख्रेल लगाएतको टिमले प्रचारात्मक अभियान लाइ तिव्र पार्दै सदस्यता वितरण, आर्थिक संकलन र प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ।

मूलप्रवाहको आठौ अखिल भारत सम्मेलन, फुटपरस्त गतिविधिहरु विरुद्ब संघर्ष लगाएत समसामयिक विषयहरु मा केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जीसीले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रम देबेन्द्र थापाको अध्यक्षतामा तथा सुक बहादुर घर्तीको संचालनमा सम्पन्न भएको हो। मुक्तशहर मा आज टोल टोलमा दिनभर प्रचारात्मक कार्यक्रम हरु भई रहने जानकारी केन्द्रीय सचिव त्रिभुवन भट्टराई ले दिनु भएको छ।

चंडिगढ-

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमिती द्धारा संचालित पंचकुला एरिया समिति अन्तर्गत हिजो अभयपुरमा आठौ अखिल भारत सम्मेलन प्रचारात्मक भेलाले टोलसमिती गठन गरेको छ।

नगर सदस्य नरेन्द्र बलम्पाकी र महिला सदस्य मायाँ बलम्पाकी को विषेश पहलमा आयोजित भेलामा मूलप्रवाह का क्षेत्रिय सदस्य प्रेम आचार्य ले मूलप्रवाह को आठौ अखिल भारत सम्मेलन लगाएत सम सामयिक विषयहरु मा क्लास दिनुभएको थियो।
भेलाले भीम बहादुर समलको अध्यक्षतामा ११ सदस्सिय टोल समिती गठन गरेको छ। जस्मा सचिव संदिप कुमार शर्मा, कोषाध्यक्ष माया बलम्पाकी, सदस्यहरुमा टेक बहादुर क्यागछकी, जानकी क्यागछकी, गंगा लुङ्गेली, मनोज पुर्णासेनी, नरेन्द्र बलम्पाकी, रचना थापा, सिता शर्मा र एक स्थान रिक्त राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?