शनिबार, साउन १२, २०८१

सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने

काठमाडौं । सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने भएको छ ।

मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा आयोगको प्रस्ताव अनुसार निर्वाचन गराउन सरकार तयार रहेको र जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउने बताउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको र आवश्यक तयारी थाल्न निर्देशन दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal