शनिबार, साउन १२, २०८१

प्यूठानका दुई घरमा चोरी

अनुज पछाई  प्यूठान । प्यूठान नगरपालिका वडा नं. २ जुम्रि र वडा नं.३ मा गएराती दुई घरमा चोरी भएको छ । दुबै घरका घरधनि घरमा नभएको बेला स्थानीय साागर गुप्ता र सञ्जिब सुनारको घरमा चोरी भएको थियो । जुम्रिमा बस्दै आएका सुनार दम्पति आमाको तिथि को लागी घर गएको मौका पारी चोरले मल्लरानी गाउपालिका–४ बुढाचौरका सुनारको जुम्रिमा रहेको घरबाट नगद रु २ लाख सहित ८ तोला बढी सुन चोरी भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि सागर गुप्ताको घरमा पनि चोरी भएतापनि केके चोरी भएको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गुप्ता अहिले आफ्नो घर बिरगञ्ज मा रहेका छन । प्रहरीले गुप्ता नफर्किदासम्मको लागी ढोकामा चाबी लगाएको छ । गुप्ता आएपछिमात्र चोरी भएको विवरण थाहा हुने जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
राती चोरी भएपनि विहान अबेर मात्र चोरी भएको थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालयल प्यूठानले चोरी भएको घरको अवस्था अध्ययन अनुसन्धान गरि प्रहरी चोर खोजीमा परिचालन भएका छन् । चोरको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal