शनिबार, साउन १२, २०८१

प्यूठानमा जिप दुर्घटना ६ जनाको मृत्यु


अनुज पछाई , प्यूठान ।
प्यूठानको गौमुखिमा बिहेको जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउपालिका लुङबाट बेहुली लिएर गौमुखि गाउपालिका लिबाङ आउदै गरेको जिप ओखरपाटामा दुर्घटना भएको हो । १ ज ५०९२ नम्बर को जिप दुर्घटना हुदा ६ जना को घटनास्थल मै मृत्यु भएको हो । अन्य ७ जना गम्भीर घाइते जिल्ला अस्पताल बिजुवार अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार जीप सडक देखि ३०० मिटर तल खसेको छ। बिस्तृत विवरण आउन बांकी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal