बिहिबार, चैत्र १५, २०८०

इन्धनको मूल्य घटाउन माग गर्दै प्यूठानका बिभिन्न ठाउँमा चक्काजाम

अनुज पछाई , प्यूठान ।पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विप्लब नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टीका जनबर्गिय संगठनहरुले आईतबार प्यूठानका बिभिन्न ठाउमा एक घण्टा चक्काजाम गरेका छन् । नेपाल आयल निगमले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्य बृद्धी गरेर उपभोक्तालाई मारमा परेको भन्दै नेकपाको जनवर्गीय संगठनहरुले तत्काल मूल्य घटाउन माग गर्दै चक्काजाम गरेका हुन् ।

आइतबार प्यूठान नगरपालिकाको बाग्दुला र चेरनेटा, माण्डबी गाउपालिकाको जस्पुर र स्वर्गद्धारी नगरपालिकाको भिगृमा जनबर्गिय संगठनका कार्यकर्ताहरु भेला भई बिहान १० देखी ११ बजे सम्म एक घण्टा सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् । युवा संगठन नेपाल प्यूठान का इन्चार्ज तथा लुम्बिनी प्रदेश संयोजक हरि बस्नेतले सरकारले नागरिकको आकांक्षा बिरुद्ध अघि बढेको बताए । पेट्रोलियम पदार्थको मूल्य बढाएको घटना मात्रै नभई भ्रष्टाचार, अनियमिततालाई सरकार रोक्न असफल भएको उनको भनाई छ ।
आर्थिक आयले धान्नै नसक्ने गरी इन्धन लगाएको उपभोग्य बस्तुहरुमा देखिएको महंगिका बिरुद्ध आफुहरु अब कडारुपले प्रस्तुत हुने अखिल क्रान्तिकारी प्यूठानका अध्यक्ष गगन गिरि ले चेतावनी दिए । पछिल्लो समय नेकपाको १५ वटा जनबर्गिय संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धी बिरुद्ध विभिन्न बिरोधका कार्यक्रम गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal