शनिबार, साउन १२, २०८१

एमसिसि र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध राजमोको दाङमा बिरोध कार्यक्रम सम्पन्न

दिनेश रैदास,दाङ

एमसीसी समझौता खरेजीको माग र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राजमो राजपुर द्वारा रयाली सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजपुर ५ जंग्रहवा बाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद, एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दाबाद, माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग बंदा गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंदा गर जस्ता गगनभेदी नारा सहित पार्टिको झण्डा बोकेका दर्जनौ नेता कार्यकर्ता सम्मेलित एक र्याली दुलैया चोकमा पुगेर कोणसभामा परिणत भए को थियो।

विरोध सभालई राजमो दाङका सदस्य तथा विरोध सभाका प्रमुख वक्ता कपिलदेव खनालले संबोधन गर्दै अमेरिकी सहयोग परियोजना एमसिसि लागु गराउन पटक पटक डेलिगेसन आए पनि उनिहरू सफल नभएको बताउनु भयो।

कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढामगर ,अखिल (छैठौ) दांग जिल्ला सचिव तथा राष्ट्रिय परिषद सदस्य दिनेश रैदास , जातीयसमता समाज दागं जिल्ला सदस्य राजकुमार विक , अखिल नेपाल जनजाति सम्मेलन राजपुर का सल्ल्हाकार तथा विरोध सभाका सभापति जसबहादुर घर्ति , सुर्जमाया घर्ति समेतले संबोधन गर्नु भएको थियो। । साथै कार्यक्रमको संचालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal