शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चाले भन्यो मर्न परेपनि मर्छौं तर एमसीसी पास हुन दिदैनौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा देश भर प्रर्दशन गर्ने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउने निर्णय गरेसँगै राष्ट्रिय जनमोर्चाले देशभर आन्दोलन गर्ने भएको हो ।

‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धारणा के हो भने चीन विरोधी क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो। अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुँदैन’, जनमोर्चा नेता आन्नद शर्माले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन्।’

अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको शर्माले जानकारी दिएका छन् । उनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था छैन ।

उनले भने, ‘कुनै पनि हालतमा मर्न परेपनि एमसीसी पास हुन दिने छैनौं ।’ त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापाले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए ।

उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा थापाले जोड दिए ।

राष्ट्रिय जनमोर्चाले एमसीसी परियोजन देश र राष्ट्रको हितका नभई चिन कव्जा गर्ने र देशलाई समाज्यवादीहरुको क्रिडा स्थल बनाउन र आफ्नो व्यक्तिगत फाईदाका लागि निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान बनाउन लागेको आरोप छ ।

देशको हित र रक्षाका लागि सबै नेपालीहरु एमसीसीको लडाईमा मैदानमा आउन’ पर्ने जनमोर्चाले जनाएको छ ।न्युज २४ बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal