शनिबार, साउन १२, २०८१

राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

१३ फागुन, काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र विश्वकर्माले विहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal