शनिबार, साउन १२, २०८१

७७ ओटै जिल्लालाई गृहको निर्देशन कोरोना बढ्यो सतर्क रहनु

काठमाडौं, १० चैत । कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ ।

सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको जनाइएको छ । भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमा कडाई गरिनु पर्ने, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने, अनावश्यक भीडभाड बन्द गराउनु पर्ने लगायतका निर्देशन दिइएको जनाइएको छ ।

त्यस्तै क्वारेन्टाइनदेखि आइसोलेशनसम्म तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषय निर्देशनको बुँदामा समेटिएका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढदै गएपछि सतर्कता बढाउन चिकित्सकहरुले सुझाएका छन ।

साथै होली लगायतका चाडपर्वको बेलामा संक्रमणबाट जोगिन पर्याप्त सावधानी अपनाउन सर्वसाधारण लाई आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal