शनिबार, साउन १२, २०८१

ज्ञान विनाको विज्ञान

लिल बहादुर केसी

म विज्ञानको विद्यार्थी होइन, त्यसैले म शुद्ध विज्ञानमा अति कमजोर छु। गणित शिक्षाको विद्यार्थी भएकोले चाहांदा नचाहांदै पनि विज्ञान भन्दा टाढा जान सक्दिन। २०३८ सालको माध्यमिक शिक्षा पाठ्यक्रममा नेपाल सरकारले विज्ञान शिक्षकको अभाव भएको कारण देखाई विज्ञानलाई ऐच्छिक विषयमा राख्यो। मैले हाइस्कूलमा पढाउंदा विज्ञान शिक्षकको खोजीमा मित्र राष्ट्र भारतका विभिन्न ठाउंमा चाहारे पनि शिक्षक पाउन सकिन।यहि सन्दर्भमा एक जना नेपालमा जागिर खानें साथीलाई फेला पारें र उनीसंग आफ्नो व्यथा कहें।उनले हांस्दै भने; “मेरो पनि विषय त साइन्स नै हो तर पोलिटिकल साइन्स, म गएर काम चल्छ भने म जान तयार छु”।

पन्चायत कालमा निकै नाम चलेका दुइवटा मन्त्री थिए; जोग मेहर श्रेष्ट काठमांडू र हेम बहादुर मल्ल जनकपुर। यी दुवै मन्त्रीहरुले धेरै पटक आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव जिते। अत्यधिक मतले चुनाव जित्ने वित्तिकै मत भारको कारणले उनीहरुलाई तुरुन्त राम्रो मन्त्रालय दिइन्थ्यो। उनीहरु जनता प्रति निकै उत्तरदायी भएको देखाउन चाहान्थे र मन्त्रालयका सचिवहरुलाई पनि आफ्नो काम गरिदिन अत्यन्त दवाव दिन्थे।
एक दिनको कुरा हो, कल्चरमा एम ए पास गरेको हेम बहादुर मल्ल (सेरे धनुषा) को कृषि मन्त्रालयमा जागिर माग्न गएछ। कृषि मन्त्रालयमा अस्थायी जागिरको विज्ञापन खुलेको थियो। त्यसैले सेरे धनुषाले सचिवलाई बोलाएर भनेछन्, “ यो मेरो मान्छेलाई जागिर खुवाउनै पर्यो”। त्यो वेला सचिवले जागिर खान आएको मान्छेलाई सोधेछन्, “कुन विषय हजूर ?” जागिर खोज्ने मान्छेले भनेछ, सर मेरो कल्चर विषय”। यो कुरा सुने पछी सचिवले भनेछन्, “यहाँ त एग्रिकल्चरको विज्ञापन गरेको”। त्यो सुनेर सेरे धनुषाले भनेछन्; “छाडी देऊ एग्री सेग्री कल्चर त कमसेकम मिल्यो, जागिर देऊ। यो आदेशले कल्चरको मान्छेलाई एग्रिकल्चरको जागिर दिन वाध्य भएको र कल्चरको मान्छेले एग्रिकल्चरमा जागिर खाएको सुनेको हुं।माथीका दुई दृष्टान्तहरुमा भनिएको विज्ञान शुद्ध विज्ञान नभएर सामाजिक विज्ञान हुन्।सामाजिक विज्ञानमा प्रचुर मात्रामा ज्ञान हुन्छ। सामाजिक विज्ञान समयको अन्तरालमा परिवर्तन हुन्छ तर शुद्ध विज्ञान युगों युगसम्म परिवर्तन हुंदैन, यहि नै विज्ञानको सौन्दर्य पक्ष हो।

 

मैले शुद्ध विज्ञान पढ्ने चाहाना हुंदा हुंदै पनि त्यो अवसर मलाई मिलेन। अवसर नमिल्नुमा मेरा जीवनका विभिन्न आयाम नै प्रमुख छन्। विज्ञान शास्वत हो, विज्ञान यथार्थ हो, विज्ञान तथ्यमा आधारित छ, विज्ञान परिकल्पनाबाट निय्कर्ष तिर जान्छ र निस्कर्षबाट परिकल्पना तर्फ जान्छ। यी सबै कुरा वुझेको छु तर मलाई विज्ञानको केहि कुरामा शंका लाग्छ।मेरो मनले परिकल्पना गर्छ, विज्ञान मानवमात्रको लागि भइदिओस्। मानव कल्याण र मानव सभ्यता जोगाउन यस्को प्रयोग होस्। विज्ञानले मानिसको भौतिक सुविधा बढाउन मद्दत गरोस्।

आज विज्ञानले मानिसले नसोंचेको काम गरेको छ।आधुनिक मानव जातिले सोंच्नै नसक्ने चमत्कार गरेको छ विज्ञानले । सन् २०२२ मा ब्रह्माण्डको इतिहासबारे वैज्ञानिकहरूले ठूलै खोज गरेका छन्। मानिसको रगतमा माइक्रो प्लास्टिक भेटिएको अनुसन्धानात्मक अध्ययन गरेका छन्। विश्वकै वैज्ञानिकहरूले आकाश गंगाको ‘ब्ल्याक होल’को तस्वीर खिचेका छन्। पृथ्वीको रक्षा प्रणालीको परीक्षणअन्तर्गत नासाको अन्तरिक्ष यान क्षुद्र ग्रहमा ठोक्काएर गरिएको सफल परीक्षणमा ऐतिहासिक सफलता खगोल विज्ञानमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेका छन्। विज्ञानले यस्को विपरीत मानव सभ्यतालाई चुनौति समेत दिएको छ।
प्रशिद्ध भौतिक शास्त्री, प्राकृतिक विज्ञानका ज्ञाता तथा व्रम्हान्ड वैज्ञीनिक स्टेफन हकिंग्सले भनेका थिए;
“Is it possible to migrate all the people in another planet within one hundred years ?”
उनले गरेको भविष्यवाणीमा निम्न कुराहरु समावेस थिए।उनको प्रशिद्ध पुस्तक ‘ब्रीफ आंसर्स टू द बिग क्वेश्चन्स’मा उनी भन्छन्;।

 

१- हामी वांचेको पृथ्वी अवका केहि वर्ष देखि सुरक्षित छैन। हाम्रो व्रमान्ड हामीले सोंचे जस्तो शान्त छैन। व्रम्हान्डमा रहेको उल्का पिन्ड हजारौं हजार किलोमीटर प्रति सेकेन्डको दरले दौडिरहेको छ। त्यसै गरी व्रम्हान्डमा रहेका कैयौं ताराहरु पनि एक आपसमा ठक्कर खाने प्रवल संभावना बढ्दै गएको छ।उनले यो पुस्तकमा थप भनेका छन्; “आज भन्दा ६.६ करोड़ वर्ष पहिले पनि पृथ्वीले यो समस्या सामना गरेको र अहिलेको पृथ्वीमा रहेका सबै चीजहरु नयां श्रृजना भएको हो।” उनले यसलाई फगत भविष्यवाणी मात्र नभनेर Law of physics भनेका छन्।

२- स्टेफन हकिंगले पृथ्वी बस्न लायकको नहुने अर्को कारण बताएगा छन् उनी भन्छन्;” आजको ६०० वर्ष भित्रमा पृथ्वीमा बढ्ने जनसंख्याको कारण मानव जातीले अत्यधिक मात्रामा उर्जाको खपत गर्नेछ।मानव जातीलाई आवश्यक पर्ने उद्योग, कलकारखाना आदिका कारणले पृथ्वीको तापमान २५० डिग्री सेल्सियस सम्म पुग्ने र अम्लीय बर्षा हुने भएकोले पृथ्वी हालको शुक्र ग्रह जस्तै हुनेछ ।”
३- अवको केहि बर्षमा मानव जाती रोवर्टको कव्जामा हुनेछ। विज्ञान र प्रविधिको उच्चतम विकास हुंदै जांदा आर्टिफिसियल इन्टेलिजेन्स हावी भई छुट्टै मानव प्रजातिको उत्पत्ति हुनेछ जसको सोंचाई शक्ति आजको मानवको भन्दा हजारौं हजार शक्तिशाली हुनेछ। विवेकशिल मानव सभ्यता कायम राखिराख्न मानव जातिले यस तर्फ समय मै ध्यान पुर्याउन जरुरी छ।

४- मानव जातिको अन्त हुने अर्को कारण विज्ञानले उत्पादन गरेको प्रमाणु प्रविधि नै हुनेछ।एक शक्तिशाली देशले अर्को कमजोर देशमा परमाणु हतियार प्रयोग गरी राज गर्ने प्रसंगमा विश्वका राष्ट्रहरु एक आपसमा विभाजित भै आणविक शक्ति प्रयोग गर्दा अहिलेको मानव सभ्यता ध्वस्त हुनेछ ।
यसरी हकिंगले आफ्नो गहिरो अध्ययनको आधारमा भनेका कुराहरु सत्य तर्फ उन्मुख भएको महशुस हुंदै गएको विश्व रंगमन्चले देखाएको छ। स्टेफन हकिंगका यी धारणाहरु विज्ञानसम्मत मानिन्छन्। नभन्दै आजको विश्वले कैयन समस्याहरु भोग्नु परेको छ।

आज विश्वमा जलवायु अनुकूलन प्रतिकूल दिशामा अंघी बढिरहेको छ। ग्लोवल वार्मिंगले मौषममा फेर वदल आइरहेको छ। कुनै निश्चित ऋतुमा निश्चित फसल लगाउने किसानहरु मौषमको फेर बदलले गर्दा अलमलमा रहेका छन्।
यसरी नै आजको युग सूचना प्रविधिको युग हो भनिरहंदा सूचना प्रविधिको आजको पिंढिले अत्यधिक प्रयोग गर्दा उनीहरुको दिमागी अभ्यास कम हुंदै गइरहेको अनुभूति भइरहेको छ। आजका विद्यार्थीलाई पुस्तक र पुस्तकालयले आकर्षित गर्दैन। कुनै समस्या पर्यो भने उनीहरु तुरुन्त गुगलिंग गर्न थाल्छन्। हेर्दा हेर्दै हाम्रो सामु गुगल भन्दा कैयन गुना शक्तिशाली च्याट जेपिटी आइसक्यो। यस्ले गर्दा मानिस विस्तारै यान्त्रिकीकरण र रोवर्ट जस्तै बन्दै गइरहेको छ।यो अवस्था प्रविधिले मानव मस्तिष्कलाई कव्जामा राख्नु नै हो।
त्यसै गरी प्रशिद्ध भौतिक शास्त्री वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले आफ्नो विचार राख्दै भनेका थिए;
तेस्रो विश्वयुद्ध हतियारले लडिएला म भन्न सक्तिनँ । तर, चौथो विश्वयुद्धचाहिँ लठ्ठी र ढुङ्गाले लडिन्छ, यसमा म पक्का छु ।’

आइन्स्टाइनको भनाई अनुसार तेश्रो विश्व युद्धमा पनि हतियारहरु प्रयोग हुने नहुने कुराको आशंकाले त्यो युद्धमा मूलत: परमाणुको प्रयोग हुनेछ भन्ने हो। जब तेश्रो विश्व युद्धमा परमाणुको प्रयोग हुनेछ तब यो संसार ध्वस्त हुनेछ। यसरी ध्वस्त भएको संसारमा कालान्तरमा फेरी मानव जातिको उत्पत्ति हुनेछ । त्यो वेला पनि मानिसमा रहिरहने अहंकार मेटिये छैन। त्यहि अहंकार र शक्ति प्रदर्शनले चौथो विश्व युद्ध हुनेछ त्यो विश्व युद्धमा भने मानिसहरुसंग पुरानो मानव सभ्यता ध्वस्त भैसकेको हुनाले परमाणु बम र आधुनिक हतियार प्रयोग गर्न सक्ने छैनन् त्यसैले चौथो विश्व युद्ध लट्ठा र ढुंगाले आदिमकालमा जस्तै लड्नु पर्ने हुन सक्छ भनी आंकलन गरेका छन्।

त्यसै गरी फ्रान्सका चर्चित भविष्यवाणीकर्ता नास्त्रेदमसले पनि १६औँ शताब्दीमा ९ सय ४२ वटा भविष्यवाणीसहितको ‘दी प्रोफेसिस् अफ नास्त्रेदमस’ नामक पुस्तकमार्फत सन् २०२३ मा ७ महिनासम्म तेस्रो विश्वयुद्ध हुने बताएका छन् ।
उक्त पुस्तकमा ‘सेभेन मन्थ्स दी ग्रेट वार, पिपुल डेड अफ इभिल डुइङ’ भनी उल्लेख छ । उनको मिल्न गएका चर्चित भविष्यवाणीहरूमा दोस्रो विश्वयुद्ध, २०२२ मा विश्वव्यापी महँगी, फ्रान्सको क्रान्तिपछि नेपोलियन बोनापार्टको जन्म हुने, दोस्रो विश्वयुद्धपछि जापानमाथि अमेरिकाले आणविक हमला गर्ने, १९६९ मा पहिलोपटक चन्द्रमामा मानिस पुग्ने र उक्त व्यक्ति अमेरिकाको हुने तथा ११ सेप्टेम्बर २०११ मा अमेरिकाको विश्वव्यापार केन्द्रमा आतङ्ककारी हमला हुनेछन् । उनले भनेको वर्ष २०२३ मा हुने विश्वयुद्धका लागि हाल पृष्ठभूमि तयार हुँदै त छैन ?

अहिले रुस-युक्रेन युद्ध त चलिरहेकै छ।सबैको ध्यान युक्रेनयुद्धतर्फ केन्द्रित भइरहँदा यही बेलामा चीन ताइवानमाथि आक्रमण गर्ने उपयुक्त समयको पर्खाइमा छ । ताइवानसँग जापानको प्रत्यक्ष र घनिष्ठ व्यापारिक सम्बन्धका कारण यदि ताइवानमाथि आक्रमण भइहाले त्यसको जवाफ जापानले दिनेछ । त्यस्तै, जापान र दक्षिण कोरियाको सुरक्षाको ग्यारेन्टी अमेरिकाले दिनुपर्ने सम्झौताबमोजिम ताइवान युद्धमा अमेरिका मुछिन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यस्तै, अमेरिकासमेत युद्धमा मुछिँदा त्यसबाट नेटोहुँदै पूरा विश्वसमाज कुनै न कुनै माध्यमबाट विश्वयुद्धको आधार बन्ने देखिँदैछ (धिरज निष्पक्ष, आइतबार, बैसाख ४, २०७९)।
यति मात्र नभएर भारत पाकिस्तान तनाव, इजराइल प्यालेस्टाइनी तनाव, उत्तर र दक्षिण कोरिया वीचको तनाव, भारत चीन सिमा विवाद, ५७ देशका मुस्लिम राज्यहरु अमेरिकाको विपक्षमा हुनुले उत्पन्न हुने तनाव, अमेरिकाले नेटोलाई रुसका विरुद्ध लाग्न गरेको जवरजस्तिले उत्पन्न गरेको तनाव आदिको धरातल भित्र प्रत्यक्ष वा परोक्ष रुपमा आणविक हतियारको धम्की र प्रयोग मात्र अंघी सारिएको छ। यसले विश्वलाई त्राहिमाम मात्र बनाउनुका साथै मानव मूल्य र मानव सभ्यतालाई भुलाउने प्रयत्न गरेको छ।

विज्ञानलाई आजको मानव समाजले वरदान मान्दा मान्दै पनि कतै यो अभिसाप हुने त होइन? के अविकसित देशका मानिसहरुलाई पनि १०० वर्ष भित्र अर्को ग्रहमा बसाइ सर्न संभव होला ? के विज्ञान र प्रविधिले सम्पन्न राष्ट्रहरु र गरिव राष्ट्रहरुको वांच्ने धरातल फरक होला ? के गरिव राष्ट्रका जनताको वांच्ने आधार सकिएकै हो? के अहंकारले उन्मत्त भएका शक्ति राष्ट्रहरु सधै यस्तै रहलान, मैमत्त भै संसारलाई विज्ञानको आडमा ध्वस्त पार्लान् ? यी र यस्तै कुराहरु मनमा उव्जेको वेला मलाई लाग्छ; ज्ञान विनाको विज्ञानको के काम ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal