बुधबार, फाल्गुन ६, २०८२

प्रेस चौतारी प्युठानको अधिबेशन फाल्गुन १ मा हुने

 

प्युठान  प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको जिल्ला अधिवेशन २०८१ फागुन १ गते हुने भएको छ । सोमबार बिजुवारमा बसेको बैठकले आगामी फागुन १ गते विश्व रेडियो दिवसका दिन जिल्लाको आठौं अधिवेशन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय, प्रदेश र जिल्लाहरुको अधिवेशन गर्ने सन्दर्भमा जिल्ला शाखा प्युठानले पनि आफ्नो अधिवेशन गर्न लागिएको शाखाका अध्यक्ष बासुदेव गिरिले बताउनुभएको छ ।

बैठकले  जिल्लामा सक्रिय सञ्चारकर्मीहरुको मर्म अनुरुप संगठनलाई सुदृढ गर्दै पेशागत हकहितका लागि समेत अधिवेशनले महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले अधिवेशनलाई मर्यादित बनाउन आफू सहित सम्पुर्ण आयोजक समिति दृढ़ संकल्पका साथ तयारीमा जुट्ने प्रेस चौतारी प्युठानले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal