शनिबार, साउन १२, २०८१

अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्चमा

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरामा आयोजित सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका थिए । गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो ।

त्यसपछि उनी आइतबार लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal