शनिबार, साउन १२, २०८१

डिशहोममा अब आफ्नो इच्छा अनुसार फिल्म र सिरिज हेर्न पाइने, यस्तो छ नयाँ फिचर

काठमाडौं । डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ अन डिमाण्ड सेवा ल्याएको छ । इन्टरनेटमा आफ्नो सेटटप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयग गर्न सक्ने छन् ।

यसका लागि सेवाग्राहीले डिशहोम लगायत जुनसुकै आईएसपीको इन्टरनेट सेवा लिन सक्छन् । यस फिचर अन्तर्गत सेवाग्राहीहरुले नेपाली फिल्म, अंग्रेजी फिल्म, सिरिज तथा किड्स चार सेग्मेन्टमा आफ्नो इच्छा अनुसारको भिडियो स्ट्रिमिङ हेर्न सक्नेछन् ।

सेटअप बक्सभित्र आउने यस एप्लिकेसनलाई रिमोटमा एक्सभिओडी बटन थिचेर स्ट्रिमिङ गर्न सकिन्छ । यसका लागि एउटा छुट्टै युजर इन्टरफेस हुने कम्पनीले बताएको छ ।

डिस होमले आफूसँग भएको लाइसेन्स कन्टेन्ट मात्र उक्त फिचर अन्तर्गत स्ट्रिमिङ गर्नेछ । आगामी दिनमा यसलाई पेड मोडलमा लगेर नेटफ्लिक्सको जस्तै अनुभूति सेवाग्राहीलाई दिने कम्पनीले बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal