शनिबार, साउन १२, २०८१

हामी नेपाललाई सहज रुपमा लिदैनौं’ नेपाली टिम संग खेल्ने क्षेमता छ – बाबर आजम

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एसिया कपमा आफूहरुले नेपाललाई सहज रुपमा नलिने बताएका छन् । बुधकार उद्धघाटन खेलमा नेपालसँग खेल्नुअघि पाकिस्तानका कप्तान बाबरले आफ्नो प्रतिक्रिया दिएका छन् । ‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज […]

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एसिया कपमा आफूहरुले नेपाललाई सहज रुपमा नलिने बताएका छन् । बुधकार उद्धघाटन खेलमा नेपालसँग खेल्नुअघि पाकिस्तानका कप्तान बाबरले आफ्नो प्रतिक्रिया दिएका छन् ।

‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज लिन हुँदैन । हामी पुरा योजना बनाउने छौं । बाँकी टोली अनुसार नै योजना बनाएर अघि बढ्ने छौं । हामीले नेपालविरुद्ध योजना बनाएका छौं । नेपालको टोली देखेका छौं । नेपालको कमजोरी र बलियो पक्षमा कुराकानी गरेका छौं । सहज रुपमा लिँदैनों । पहिलो खेल हो । महत्वपूर्ण खेल हो हाम्रो लागि । हामीले राम्रो सुरुवात गर्न चाहन्छौं’, बाबरले नेपालबारे भने ।

बाबरले नेपाली क्रिकेटको बारे जानकारी भएको बताएका छन् । ‘मलाई अन्तिम पटक खेलेको वर्ष ठ्याक्कै याद भएन । तर हामीलेसँगै खेलेका छौं । धेरै खेलाडी तिनीहरु नै छन् । उनीहरु राम्रो छन् । हामी उनीहरुलाई कहिल्यै सहज रुपमा लिने छैनौं । नेपालविरुद्ध हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्ने छौं’, बाबरले भने ।

नेपालले पाकिस्तान ए सँग एक अभ्यास खेल खेलेको थियो । पाकिस्तानले उक्त खेलमा ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रन बनाएको थियो । बाबरले मध्यक्रममा उक्त खेलमा २९ बलमा ४३ रन बनाएका थिए । उक्त खेलमा नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो ।उक्त खेल खेल्दाका सोमपाल कामी र करण केसी अहिले पनि टोलीमा छन् ।

नेपाल र पाकिस्तानबीचको खेल बुधबार दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगशालामा सुरु हुनेछ । नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal