एकता पुरी
हरियो महिना साउन जस्तै
हरियो देखियो मेरो जन्म ठाउँ
मनभरी माया बोकेर कहिले आउँ
तिमीसँग पिरती लाउँन
प्रिय नारीकोट गाउँ !
जब तिमीमा मेरो नजर पुग्यो
म तिमीभित्र नभेटिने गरी एकाएक हराएँ
तिमीप्रतिको माया घटाउँ म कसरी
तिमीसँग अंकमाल गरी नरोउँ म कसरी
प्रिय नारीकोट गाउँ !
तिमी त्यसरी मुस्कुराएर
मलाई तिम्रो नजर जुध्दा
लाग्यो तिमीलाई मेरो
अँगालोमा राखेर डाको छोडेर रोउँ
प्रिय नारीकोट गाउँ !
तिमीमाथि चढेर उकाली-ओराली गरेको
तिमीसँगको मीठो यादले सतायो
रिमझिमरिमझिम झरीमा तिमीसँगै
वारिपारी गर्दै दिनहरू बिताएको सम्झना गरायो
प्रिय नारीकोट गाउँ !