शुक्रबार, माघ १८, २०८१

एमाले चुनाव एक्लै लड्छ भन्दै सार्वजनिक मञ्चहरुमा मन्तव्य दिँदै आएका ओलीले गठबन्धन बनाए

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले गर्ने व्यवहार र बोलीमा धेरै अन्तर छ भन्ने कुरा सर्वविदित्तै छ । पछिल्लोपटक प्रधानमन्त्री रहँदा ओलीले बोल्ने एउटा र अर्कै व्यवहार देखाउन गरेको गतिविधि छरपष्ट भएको थियो ।

ठीक यस्तै फेरि ओलीको व्यवहार र बोली बाझिएको छ । एमाले चुनाव एक्लै लड्छ भन्दै सार्वजनिक मञ्चहरुमा मन्तव्य दिँदै आएका ओली नेतृत्वको एमाले अन्तत गठबन्धनमा चुनाव लड्ने भएका छन् ।

आगामी माघ १२ गते हुन लागेको राष्टियसभा निर्वाचनमा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेका हुन् ।

बिहीबार जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी एमाले र लोसपाले चुनावी गठबन्धन घोषणा गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेश अध्यक्ष जितेन्द्र सोनल र नेकपा एमालेको तर्फबाट प्रदेश अध्यक्ष रामऔतार यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर गर्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच सहमति भएको बताइएको छ ।

सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिसभाका मतदातासँग अपिल गरिएको छ ।

गठबन्धन घोषणा कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठलयागतका नेताहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा ४ दलबाट ६ जनाको उम्मेदवारी परेको छ ।

चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाले १/१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नेकपा एमालेबाट २÷२ जनाले मनोनयन दर्ता गराएका थिए ।

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले मनोनयन दर्ता गराएका छन् भने लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा उम्मेदवारी दिएकी छन् ।उज्यालो अन्लाईन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?