फेसबुक कवि
कुलामा कलकल,
झरनामा झरझर
नदीमा सलल
पातमा हल्लाई
काेपिला ढकमक
फूलै फूल वागमा भेट्छु
लयात्मक जिन्दगी ।
विहानीकाे कुखुरी काँ
न्याउली विरहमा
काफलाक्याे कुक्कु
ढुकुरकाे ढुकुर कुरकुर
काेइलीकाे कुहुँ कुहुँ
मकमकघुर लयमा भेट्छु
लयात्मक जिन्दगी ।
स्यालका हुईँ हुँई
भैसीले पाडाे माग्दा,
भेडा बाख्राले साथी खाेज्दा
माहुरी भँमरा भूँ भूँ भूँमा
चुटिएकाे कुकुरकाे कुईँकुईँ
चरिबरी चिरबिर
साँझका झ्याउँकिरीमा पाउँछु
लयात्मक जिन्दगी ।
धर्म संस्कृति परंपरा,
चाडपर्व रीतिरिवाज
मठमन्दिर देवालय
बाउनक्षत्री बालन
गन्धर्व ऋषिका सारङ्गी
बाउसे राेपाहार हलीका
दाेहाेरी असारे भाकाहरूमा
पाउँछु लयात्मक जिनन्दगी ।
नेवारी धिन्तामै,
मैथिली भाेजपुरी झिंझिया
गाेठाला खेताला जुहारी
सेर्पा सेर्पिनी स्याब्रू
तामाङहरूकाे सेलाे
मगर गुरूङ साेरठी
हुड्क्याैली डेउडामा
भेट्छु लयात्मक जिन्दगी ।
हँसिया ढिकी जाँताे
घाँस दाउरा मेलापात
नाम्लाे नाङ्लाेमा
सुन माया रेलिमाइ
रामसाँईँली राइझुमा हेबरै
गिताङ्गे ढँटुवारे मादलेमा
भेट्दछु देख्छु र खेल्छु
मेराे लयात्मक जिन्दगी ।
७९/४/२९, दाेलखा ।