लेखक : नवीन बस्याल
धनी र ब्यापारी धनलाई मायाँ गर्छन
गरीबले निश्पक्ष्य मनलाई मायाँ गर्छन
अचम्म छ मान्छे मान्छे बीचको भिन्नता
निस्वार्थी मान्छे जीबनलाई मायाँ गर्छन
जात धर्म छुटाउछ छुटाउछ खानपीन
न छुटाउनेहरु धड्कनलाई मायाँ गर्छन
धनी भेट्दा हाई बोलाउँदा बिजी छु बाई
तर गरीब मिठो बचनलाई मायाँ गर्छन
सम्बन्ध टुटाउछ किन बेच ईज्जतको
भेटभाव न गर्ने मान पनलाई मायाँ गर्छन