बुधबार, माघ २३, २०८१

प्रिय कमरेड

ईन्द्रमणि पाण्डे

भुजी खोलाको तिर नजिकैबाट
अन्योल र अस्तव्यस्तताको साथ
तिमीलाई गरेको सम्मानवाट अली
खल्लो महसुस गर्दै
मन भित्रका दुख र पिडा मापन गर्ने
मर्म मिटर नामक यन्त्रले
तिम्रो चित्तको पत्र पत्र
निरिक्षण गर्ने नयाँ अवशर पाए ,

खै किन किन मलाई
अत्यन्तै प्रिय लाग्ने तिम्रो
कोकील स्वरहरु
झिसमिसे साझ
होस् या मध्ये रातमा कल्पनातित
प्रेमिल सपनाको साथ होस् ।

मेरो मनमा कोईलीको जस्तै
मीठो स्वरमा कावा खेल्ने
तिमीप्रतिको भावनाहरु बिस्तारै
लक्ष्य र आदर्श भन्दा अली पर
पवित्र मनोभावना भन्दा केही वर
हतास कुण्ठा र आक्रोसलाई
अङ्गमाल गर्ने तिम्रो सोच रहेछ ।

सन्सारको कुनैपनि कुनामा रहेर
मन नामक सुस्मदर्शक यन्त्रले
तिमिलाई हेरे भने मैले तिमीमा के दख‌े
खै म नाजवाफ छु ।

कम्युनिस्ट पार्टीको सदस्य भएर
नत तिमीले शक्तीशाली शत्रुको
सामाना गर्ने हिम्मत देखायौ ।
नत जनताको राजनितिक
चेतनाको विकास गर्यौ ।

संगै गरेनौ पनि सङ्गठनलाई स्विकार
मपाईत्व र,डम्भ र अहमताको
विचबाट हावी भएर
हजारौ योद्वाहरुलाई स्वेर
कल्पनामा रमाउन सिकाएर ,

तिमी सपनाको सन्सारमा
सम्रान्त बर्गको भोक जगाएर
कता लाग्यौ , बिच बाटोबाट थाक्यौ

प्रिय कमरेड विप्लव

सामन्तवादी चिन्तनबाट ओतप्रोत
भएर , पुजिँवादी समाजमा
आफुलाई अस्तव्यस्त बनाएर
साम्यवादी सोच राखेर , हिड्न खोज्दा
कहाँ पुगिनेछ भन्ने भुलेर
बिच बाटैमा अलमल पर्यौ कमरेड ,

कहाँ गए तिम्रो आदर्शको कुरा
महापतनका पेजहरु कहाँ छ ।
जसलाई बर्ग शत्रुसरह मान्यौ ,
सँगसगै बिर्सियौ होला कुमार पौडेल,
पुर्ण पौडेल जस्ता लाखौ यौद्वाहरुलाई ,

भैसी पुजाको आरोप लगाएर
युवाहरुलाई जिवनको उर्जाशिल समयमा
स्वेर कल्पनामा आधारित कथित बलिदानको नाममा
उनि बिरुद्व बोल्न आव्हान गरेर

महाकाली गण्डकी र कर्णालीको
पानीमा चोवल्ने सपना देखाएर
आज उनैको समर्थन
क्या बाट छ है दाईको लाहुर भैरहवा सम्म

खै नैतिकता खोक्रो आदर्श अनि
वैज्ञानिक समाजवाद एकिकृत जनक्रान्ती
यि सव भुलेर फेरी महापटनकै बाटोमा
खयर केही छैन आगामी यात्राको शुभकामना।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?