बिहिबार, माघ १७, २०८१

लुलाे ,बैराे र कानाे सरकार फालाै

कबिता :

रबि पाैडेल ,पाण्डेचरि ।
मगन्तेहरु नागरिकता माग्दछन
सरकारले दिने ब्यबस्था गर्छ
अाफ्नाे नागरिकलाई लाई किन
नागरिकता बिहिन बनाउछ ।।

कुर्सी पाउनासाथ प्रभुलाई ढाेग्न पुग्छन
ढाेगेर फर्के पछि केही न केही सम्झौता गर्छन
प्रभु खुसि पार्न पाेकाे बाेकेर जान्छन
पाेकाे खाेल्छ उसले पेल्छ अनि यसलाई ।।

अाफु र अाफ्नै का लागि नालायक नेता बने
चाैरासि काे चुनावमा जनता ले यिनलाई फाल्ने भने
समर्थन पनि कस्तो रास्टघातिलाई दिनुपर्ने
कार्यकर्ता पनि कस्ता जे गरेनि ठिक भन्नुपर्ने ।।

सिमा काटेर अाउछ खाेज्छ नागरिकता नेपाल काे
सरकार लुलाे देखेपछि रमाउछ अनि यतैकाे
लुलाे बैराे र कानाे सरकार चाहिंदैन अब
यिनलाई नफालि देश बन्दैन तब ।।

मिति :२१ जुन २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?