बुधबार, माघ २३, २०८१

“मेरो मन “

खिमराज चालिसे

बाल्यकाल मै धेरै दुख भोगेको मान्छे म।
धनको अभावमा प्रदेश पसेको मान्छे म।।
साहुको त्यो ऋणबिर्सन नसकेको मान्छे म।
चाहेर नि धन कमाउन नसकेको मान्छे म ।।

आफना रहर लाइ पनि थाति राखेको मान्छे म।
शोषण प्रधान समाज विरुद्ध बोल्ने मान्छे म।।
संरचना बदल्ने दृढ संकल्प लिएको मान्छे म।
नराम्रो भित्र नै सधै राम्रो विचार खोज्ने मान्छे म।।

चुनौती हरु विरुद्ध लडदै रमाउने मान्छे म ।
खुट्टा तान्ने तिर हेर्दै नहेरी लक्ष्य ताक्ने मान्छे म।।
रोगको विरुद्ध भिषण मोर्चामा कुदेको मान्छे म!
अग्रजहरु को न्यानो मायाले हुर्किएको मान्छे म।।

विचार को तातो दन्द्ध ले खारिदै हिडने मन छ।
कथा, व्यथा भित्रै सुन्दर संसारमा रम्ने मन छ।।
मार्क्शवादी दर्शन पथमा अझै हुर्किन मन छ।
न लोभ लालच मिहिनेत मा रमाउन मन छ।।

अनेकौ अदृश्य दर्द किनारा लगाउने मन छ।
मार्क्शवादी आस्थाको उर्जा पाइ रहेको मन छ।।
परिवर्तन का लागी बरु शहिद बन्ने मन छ ।
रक्त क्रान्ति पथमा सधै गर्जदै बढने मन छ ।।

अग्रजहरु कै प्रशिक्षण ले स्पात म बन्न सकु ।
निती,नेतृत्व र निर्देशन पालन म गर्न सकु ।।
अवसरवादी र क्रान्तिकारी हरु म चिन्दै जाउ ।
क्रान्ति पथ मा काडा रोप्ने गद्धार किनारा लगाउ ।।
(खिमराज चालिसे, मालीका गाउपालिका अर्जै हाल चंडिगढ भारत)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?