बुधबार, माघ २३, २०८१

राम गैरे पाल्पाली गजल

पर्खिदैन समय लगातार दौडिरहेछ
युवा मा राष्ट भक्तिको प्यार दौडिरहेछ

नपाएर काम युवा देश भित्र अत्तालिदैछ
कता मेरो देशको सरकार दौडिरहेछ

बुझ्दैनौ त् मर्म युबा हरुको प्रदेशमा
आँखामा आँसु हरु बारम्बार दौडिरहेछ

तातो रगत उम्लियो भने त्यो जात हरुमा
समयको खोजीमा हतियार दौडिरहेछ

निद नै छैन उसको आखामा बिहानी खोज्दा
दिलमा उज्वल देशकै मुहार दौडिरहेछ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?