बुधबार, माघ २३, २०८१

कबिता : उठाै भिडाैं !!

## रबि पाैडेल ,पाण्डेचरि ।

हात मा हात मिलाएर उठाै
क्रान्ति का ज्वार भाटा सँग भिडाै
दलाल नाेकरशाहि राज्य सत्ता पल्टाउन
हजार माला एक बनेर हिडाै ।।

मजदुर बर्गकाे राज्यसत्ता अाउदैन त्यसै
कडा सङघर्ष बिना परिवर्तन हुदैन त्यसै
राेजिराेटि ले तट्पिएका हामि
प्रवासि जीवन बिताउन बाध्य छाै ।।

इन्क्लाब काे नारा बाेकेर गल्लि मा चेतना जगाउदै
स्वदेश मा लुटकाे राज्य छ जाउँ भस्टाचारि मास्न
नेपाल अामा माथि बर्जपात  भएको छ
जाेगाउनु छ जन्म दिने नेपाल अामा ।।

हजारौं जिउदा लासहरु सरकार सत्ता मा गए
देशका सबै उध्याेगधन्दा हरु बिदेशी का हातमा गए
बेरोजगार भए युवाहरू सरकार लम्पसार भयाे
यसै गरि हाम्रो जीवन प्रवास मै जाने भयाे।।

मिति : १० जुलाई २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?