शनिबार, माघ १९, २०८१

तिजि गित, लालुमै

 

मिरा केसी रुपन्देही

१- स्वागत गर्दै यहाँ हरु को माझमा
हेरन लालुमै आएको आजम-२

२-रोजगार छैन कमाएर खाने
हेरन लालुमै दाईभाई भए बिदेशि-२
ती बुढाबुढी आमा र बाबा
हेरन लालुमै हिडदैछन गाउँ बेशी-२

३-बैनी नी लागि बिदेश तिर
हेर न लालुमै मनैमा पिर बोकि
बिदेशि बन्नु भाग्य नै हो कि?
हेरन लालुमै सरकारै हो दोसि-२

४- बिरामि हुदा कोहि छैन हेर्ने
हेरन लालुमै ती बुढा बा आमा
फोनै र बाट सम्झाउछु मैले
हेरन लालुमै शून्य छ आगन-२

५- बिकास चाहियो निकास चाहियो
हेरन लालुमै बढाउन रोजगार
सधै र भरि लडाई र झगडा
हेरन लालुमै जिम्मेवार सरकार-२,३,४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?