बुधबार, फाल्गुन ६, २०८२

शिक्षक हौ हामी

 

धुर्व गिरी

तिमी बिरामी पर वा नपर तिमी रास्ट्रसेवक होइनौ ?
तिम्रालागी अस्पताल बनाउने वा नबनाउने अध्ययन गर्नुपर्छ।
तिमी भोकै बस वा खाएर बस तलब हामीले दिने भिख हो तिमीले चाहेको बेला आशै नगर
तिमी श्रीमतिको च्यातिएको धोती फेर्न किन्न गएको बेला साहुले अगाडिको बाकी छ भनिरहदा तलब बुझेको छैन भन्दै गर्दा
सुटकेशमा भ्रमण भत्ताका कोशेली अनि गोजिमा काज स्वीकृति पत्र लगेर जाने तिम्रा छिमेकीलाई हेरेर हुन्छ ?
तिमी त बाटो बिराएर आएको , अध्यारोमा मोति खोज्दै हिडेको
बिमाका कुरा किन गर्छौ ?
तिमी मरेपछी तिम्रो कृया गर्नुपर्दैन तिम्रा सन्तान पुनः शिक्षक बन्नु पर्दैन ।
लाजले नाक पनि नछोपेर शिक्षकको नेता बन्ने
सत्ता बाहिर हुदा ५ फिट माथी उफ्रने उत्त्साहित बनाउने
जब सत्ताधारी भएपछी दिसापनी चन्दन बनाउने ?
तिम्रा पछि लाग्ने राजनैतिक चारोका चल्ला होइनौ हामी
स्वाभीमानी,देशभक्त ,उर्जावान र कर्तव्यनिस्ट शिक्षक हौ हामी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal