बुधबार, माघ ९, २०८१

एमाले महाधिवेशन सहमति नभए लोकतान्त्रिक तरिका अपनाउछौं : ओलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताएकाछन । उनले दशौँ महाधिवेशनबाट एमालेलाई अगाडि बढाउन एकताबद्ध नेतृत्व निर्माण गर्ने  बताए।

चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गरे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उनको भनाइ थियो।

अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्ण रूपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?