![](http://jhimrukpost.com/wp-content/uploads/2022/03/20220302_080337.jpg)
ध्रुव गिरी
कति निकम्मा मेरा सन्तान तिमी
मलाई के थाहा ?
गुजारा चलाउन २०७४ मा भिक मागेछौ
मैले रिण लिएको भन्यौ एमसिसी भनेको भए
नातिलाई सम्झने थिए भो बा भन्ने थिए
तर तिमी ढाट्यौ ।
रास्ट्रवादी,झापा बिद्रोह गरि जेल खाएर आएको
पन्चायतसङ लड्दै भिड्दै आएको
भारतीय नाकाबन्दीमा घुडा टेकिनौ
अनि बिश्वास गरे नि तर तिमी तिमी त
अझै पिपासु रहेछौ
आफ्नो स्वार्थसङ मलाई एमसिसि को आगो र भुमरीमा
झण्डै जलाएनौ बचाउनेलाई पनि
जेल पुर्याउन पछि परेनौ
मलाई बेच्न कुनै कसर बाकी राखेनौ ।।
प्रजातन्त्रको लोकतन्त्र हैन अझै गणतन्त्र
जोगाउने बहानामा ५ भाइ मिलेर आयौ
कति खुसी भए सहानुभूतिको मीठो सास फेरे
तर तिमीभित्र त्यो कालो मन सुरुमै लाएको
न तिमीले देख्यु न मैले शंका गरे
भित्र भित्रै उसले मेरो दुग्धधारा मात्रै होइन
तिमीलाई विष खुवाएको
तिमीले विष पिएको पत्तै पएनौ।।
आफू लठ्ठीएछ तिमी अझै लठ्ठीएछौ
विषसङै मलाई बेच्ने निर्णय गरेछौ
तर म बिचलित छैन
मेरा केही सन्तान अझै बाकी छन्
के कलङाको युद्धमा तिमी थियौ र
के टिष्टा र कागडा तिमिले देखेको हो र ?
केही सन्तान त्यति दुरदर्शि छन
तिमी हार्दै जाउ उनी जित्त्दै जान्छन्
अन्ततः सत्य जगमगाउछ असत्य ढलेर जान्छ
जुन दिन तिमी प्राण रक्षा माग्न मेरो सामु पक्कै आउने छौ
यति बुझ म बेचिदैन बरु तिम्रो कल्कलाउदो
त्यो स्वाभिमान बेचेका छौ
रगतको आहुती दिने शाहिदको स्वाभिमान बेचेका छौ
स्वार्थसङ स्वाभिमान बेचेका छौ
बन्दुकको गोली र तिम्रो बोली सस्तो मुल्यमा साटेछौ
हिजोको अचेतन बोली चेतन दृश्यसङ साटेछौ
एमसिसी पास गरेछौ ।
सन्तान धेरै छन, निदाएका छन
ब्युझिने छन मलाई साथ दिनेछन ।