जुना चालिसे चंडिगढ
नारी तिमी बिर हौ,
आफ्नो अधिकारको
लागी दृढ हौ।
यहि संरचना फेर्ने संकल्प हौ,
अन्धकार चिर्ने ज्योती हौ।
नयाँ दिन ल्याउने,
धर्तीको मोती हौ।
गहभरी आसु मुटुभरी पीडा,
मुहारको मन्द मुस्कान
के माग्यौ के पायौ!
फाटेको चोली अनी
नमीठा शब्द पायौ,
हक मागेर हिड्यौ हातमा,
चुरा र सिउदो सिन्दुर पायौ ।
अधिकार माग्दै हिड्यौ,
जल खादा एउटा, माईतीले दिएको गाग्रो पायौ।
शिक्षा चाहियो भन्दै हीड्यौ,
हातमा हसिया र नाम्लो पायौ ।
कसलाई के थाहा तिमी ले के चाहयौ,
शिर उठाएर हैन शिर झुकाएर बस्न सीकायौ ।
बोल्नु हुदैन सुनीरहनु भन्ने सिकायौ,
सम्पती मा हक माग्दा माईती त्याग्नु पर्छ भनीयो,
तेही नै सही हो भन्दै गर्जदै समाज उसैमा खनियो ।
आधा धर्ती आधा आकाश ओगटेका नारी,
बुलन्द आवाज नगरी दबिएर बस्ने बानी।
हामीले अधीकार
मागेनौ कि,
आवाज उठाउन जानेनौ कि ।
अब बसेर हैन उठन सिक्नु पर्छ,
एक्लो भएर हैन जुट्न सिक्नु पर्छ ।
हसिया नाम्लो भीरेर हैन हतीयार भिर्न सीक्नु पर्छ,
चुलो चौकोमा सीमीत हैन,
समाजमा बोल्न सिक्नु पर्छ ।
अंध्यारोलाई चीर्दै नयाँ ज्योती बाल्नु पर्छ,
अन्धकारमा रोमलिदै पछी हट्ने हैन,
परीवर्तन को बाटो रोजौ
अब रोक्ने कोही छैन।
आफुले आफुलाई कमजोर हैन,
बिर हु भन्ने सोच्नु पर्छ,
परीवर्तन को बाटो नारी
हामीले नै रोज्नुपर्छ ।
संसार जगमगाउने छ,
वर्गिय आन्दोलन उठने छ।
महिला मुक्तीको गित
जगले आउने छ
मार्क्शवादले विजय जगमा पाउने छ।