प्रेम गाएक
यस पालिको मेरो भोट
देश जोगाउने पार्टीलाई।
यहि अनुरोध गरेको छु
गाउंका सॅगि साथिलाई।
ऐले सम्म मेरो भोट
लय जालि झेलिले।
ठुलो आसा देखाएर
मख्खै पारी बोलिले।
कोहिले भने एउटा घरलाई
दिन्छौं एक रोजगारा।
कोहिले भने एउटा घरलाई
दिन्छौं एउटा धारा।
कोहिले भने घर अगाडी
बनाई दिन्छौं सडक।
चुनाव ऑउदा सधै यस्तै
गर्छन चडक भडक।
धारा आयो जन तन
पानि अझै आछैन।
आउनि होकि आउनि हैन
कसैलाई नि थाहा छैन।
सडक पनि बन्या छैन
घर अगाडि खाल्टा छन।
रोजगार पनि त्यस्तै भयो
कुरा उल्टा पाल्टा छन।
त्यसैले त मेरो भोट
दिन्न जालि झेलिलाई।
यस पटक त पत्याउंदिन
यिनका झुठा बोलिलाई।
यस पालि त मेरो भोट
देश जोगाउने पार्टीलाई।
राम्रो सॅगै चिनेको छु
सबै राष्ट्रघातीलाई।
mcc मा राष्ट्रघात
गर्ने सबै पार्टीलाई।
नागरिकता बिक्री गर्ने
दलालहरु जतिलाई।
दिन्न मैले मेरो भोट
राष्ट्र धितो राख्निलाई।
आफ्नो देशको अस्मितालाइ
पैसा सॅग साट्निलाई।
दिंदै दिन्न मेरो भोट
आफै मरें भन्निलाई।
अधिकार हातमा लिई
मनपरी गर्निलाई।
यस पालि त मेरो भोट
देशको लागी लड्नेलाई।
देश बॅचाउने कसम खाई
सधैं अघि बढ्नेलाई।
देश रहे चुनाव पनि
आउंछन पाॅच पाॅच वर्षमा।
तपाई हाम्रो भोट ऐले
देश बचाउने मोर्चामा।
साॅच्चै भन्दा मेरो भोट
राष्ट्रीय जनमोर्चालाई।
यहि अनुरोध गरेको छु
सबै ईष्टमित्रलाई।
तपाई पनि भोट दिनुहोश
राष्ट्रीय जनमोर्चा पार्टीलाई।
दान नगर्नु आफ्नो मत
तिनै राष्ट्रघातीलाई।
आमा बुवा दाजुभाई
दिदीबैनी साथी भाई।
सबै मिली मतदान गरौं
चुनाव चिन्ह गिलासमै।
प्रेम गाएक
पोखरा १६ बाटुलेचौर
मिती फागुन २७/ २०७८