बुधबार, माघ २३, २०८१

छोरी ,

– लव कुमार अधिकारी –

छोरी ,
तिमी जन्मिदा
खुब धर्ती नै थर्किने गरी रोएको सुन्दा ,
तिम्राआखा हेर्दै मन-मनै भन्थे
तिमी रोएको सुन्न पाउनु दिन पनि घट्नु त हो ?

म बिहान उठेर ब्युउझिदा तिमी लतमन्न परेर सुतेको देख्दा
मन -मनै भन्थे
तिमी यसरी सुत्ने दिन पनि त घट्नु हो ?

तिमी भोकले छ्ट्पटाई रोएको देख्दा
तिम्री आमाको अनुहार हेर्दा
मन- मनै भन्थे तिमी छट्पटाउने दिन पनि त घट्नु हो ?

अब ,
तिम्रो गालामा म्वाई खाने दिन ,
तिमी बोल्ने दिन ,
तिमी क , ख,रा सिक्ने दिन ,
तिमी टिफिन बोकी मण्टेन्स्वरी जाने दिन ,

तिमी ‘ नछुने ‘ हुँदा घर छेउको गोठ बस्ने दिन ,
तिमी मन्दिर नजाने दिन ,
तिम्रो बिहे हुँदा हामी बाट टाढा जाने दिन,
बस,
यि दिनहरुको प्रतिक्षा मा छु !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?