भक्त बिश्वकर्मा
फेरि चुनाव आयाे
म नेपालकाे जनता हुँ
मलाई रमाईलाे त लाग्ने नै भयाे
म बिश्वकाे जनता भन्दा फरक छु
अरू देशमा अनलाईन घाेषणा पत्र
पढिन्छ व्यवहारमा उतार्नेलाई
भाेट दिईन्छ राम्रोलाई भाेट दिई्न्छ
म राेजगारी लगाई दिउला भन्नेलाई
उदारै भए पनि झुट्टा गफ दिनेलाई
राम्रालाई हैन हाम्रालाई भाेट दिन्छु
मैले कहिलै ऐजेण्डा हेरी भाेट हाल्दिन
चिनेकाे झण्डालाई हेर्छु
जित्नेकाे लहर हेर्छु मनमा रहर जाग्छ
बिजय जुलुसमा नारा लगाउने
त्यसैले मैले जस्ले धन खर्च गर्छ
जस्ले डन प्रयाेग गर्छ
तेतै लाग्छु तेतै भाेट हाल्छु
बरू बाेतल दारू माग्छु
पिलेट मासु माग्छु
एक भाेटकाे बीस हजार माग्छु
चामल किन्ने पैसा माग्छु
दुई पहिना पुग्ने गरि राख्छु
म याे जमानाकाे खास्सा जनता हु
म भविष्य केही जान्दिन
निष्टा र निस्पक्षता मलाई
मलतबै भएन बस
जाे दिन्छ खाजा उहीँ मेराे राजा
कसम खायरै भाेट दिन्छु
गनेरै नाेट लिन्छु
आखिर जितेर जानेले जे गरून्
राष्ट्रघात गरून् देश बेचुन ,नदिनाला
बेच्दै जाउन ,भ्रष्टाचार गरून् ,
कालाेधन थुपारून महल बनाउन
चिल्ला चिल्ला कारमा रमाउन
राजनिती ठेक्का पारे पछि जे
जसाे गरून् म जान्दिन ।
फेरि चुनाव आउदा गाउँ आईहाल्छन
मलाई सम्झी हाल्छन ,म र मेरा
परिवारमा भएकाे दश भाेटकाे
दुईलाख दिई हाल्छन
यति भए मलाई पुग्छ
जनताकाे बिकास भनेकाे
याे भन्दा के चाहियाे र ?
चुनाव आउनु भनेकाे
मेराेलागि दशै तिहार भन्दा नि
गज्जबकाे पर्व हाे
बरू चुनाव पाँच बर्षमा हैन
एक बर्षमै आए हुन्थ्याे
खाम भित्रकाे उपहार आईरहन्थ्याे
मलाई रमाईलै हुन्थ्याे
मलाई देश र जनताकाे भविष्य
कुनै मतलव छैन पुर्खाकाे इमान
र बहादुरी पनि के सम्झी राख्नु
के बचाई राख्नु ,
मैले भाेट दिएकाहरूले
सत्ता चलाई राखेकाहरूले
नेपाली आमालाई बेचुन ,
बलत्कार गरून
पाेईल लगाउन ,
जारी खाउन त्याे पनि
मलाई फरक पर्दैन ,
म बिश्वकै फरक नागरिक
म यस्तै छु याे जमाना अनुसारकै छु
जुग पनि यस्तै छ म नागरिक पनि
खास्साकै छु अहिले सम्मा मैले
भाेट हालेका ,जितेका पनि यस्तै छन
देश पराधिन बनाेस ,युवाहरू
बेचेरहुन , त्याे पनि म किन जानू
म यति जान्दछु बाजेले बुवाले
जुन पार्टीमा भाेट हाल्थे
म पनि त्यसैमा ठाेक्छु
बरू ऋणकाे भारी बाेक्छु
खाडीमै भेडा चराउन जान्छु
तर काे असल,निष्टावान
नेता र पार्टी हाे छुट्टाउदिन
किनकी म नेपालकाे जनता हु ।
म नेपालकाे जनता हुँ ।