![](http://jhimrukpost.com/wp-content/uploads/2022/04/received_683982799537393.jpeg)
कसैको घरभित्र पस्न रमाउनेहरूको कमी छैन यहाँ
कसैको हातबाट भुईंमा खस्न नपाउँदै रमाउनेहरूको कमीछैन यहाँ ।
मेहनतको फल खान पनि गाह्रो छ हाम्रो समाजमा
चोरेरै अघाउनेहरूले डस्न रमाउनेहरूको कमी छैन यहाँ ।
उहिल्यै कसैले पसिना बगाएर जोरेको सम्पत्तीमा
जोगी बनी खरानी घस्न रमाउनेहरूको कमी छैन यहाँ ।
कति धेरै प्रसव पिडा सहेर जन्माएको सन्तानले पनि
आमाछोडी अरूसँगै बस्न रमाउनेहरूको कमी छैन यहाँ ।
मेहनतमा बाँच्न सिक मनुवाहरू ,आफ्नै कमाई मिठो हुन्छ
धोका दिंदै बाटो कस्न रमाउनेहरूको कमी छैन यहाँ ।
२०२२-४-१५
( बिशुद्ध समाजको चरित्र हो ।यो कसैसंग मेल खान गएमा संयोग मात्र हुनेछ )
हेमलाल गौतम अन्तर्राष्ट्रिय नेपाली एकता समाज सल्लाहकार