बिहिबार, माघ २४, २०८१

“हाम्रो झन्डा हाम्रो शान”

 

तारा सोमरे– हिसार

मूल प्रवाह श्रमजीवीको धड्कन ,
अभिभावक बनि जितेको छ सबैको मन।।

मूल समिती अधिनस्थ बनेका बिभाग,
निष्पक्ष कार्य गर्छ गर्दैनन् पक्षपात।।

भारतका विभिन्न शहर, गल्लि-गल्लिमा ,
सदस्यता प्रदान गर्दै संगठन बिस्तारमा।।

जाहाँ भएका छन् अन्याय वा अत्याचार ,
तत्कालै पुगि सबैको गर्छ,निस्वार्थ उद्धार।।

सामाजिक तथा राजनीतिक रुपमा,
सचेत व जागरुक गराई पठाउने देशभित्र।।

सामान्य मजदुरी गर्ने श्रमजिवि दाजुभाइ ,
क्लास, प्रशिक्षण लिएर हुन्छन् जागरुक।।

देशभित्र नेतृत्व गर्छन् निमुखा जनताको,
विरोध गर्छन् विकृती, विसंगति ,भ्रष्टाचारिको।।

एकजुट हौं मूल प्रवाह को झण्डामा,
कार्य गरौं शोषित, पिडित जनताको न्यायमा।।

उन्निसौं उनासी देखि दुईहजार बाईस,
यात्रा गरेको छ,कहिल्यै हरेस नखाई।।

हाम्रो झण्डा रातो भागमा सेतो तारा,
पाखुरा सहितको मुट्ठी छ अंकित।।

चौडाई एक मिटर, लम्बाई १.५ अनुपातमा,
हजारौं गोलबन्द मूल प्रवाहको झण्डामा।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?