आइतवार, माघ २०, २०८१

गजल

रवि पौडेल

मर्दा खेरि लैजाने कात्रो मा गाेजि हुदैन
जति नै धन र सम्पत्ति हाेस अब उसको हुदैन ।

धनसम्पति देखेर ब्युझिदैन चिताकाे लास
जति रुवाबासि गरे पनि फर्किदैन स्वास

थियाे उसको धनसम्पत्ति र कार महलहरु
सिकिस्त बिरामी छ उ बेडमा लागेन काम

डाड भाचिएकाे बिरामी लाई अहिले खाेले चाहिएको छ
ब्याङकै पिच्छे का अकाउन्टेन्ट हरु बेकार भएको छ

कारसेटमा कार छ ,फर्निचर र टेवलहरु घरमा
महल खालि छ अहिले उ छ हस्पिटल काे बेडमा

घमण्ड किन धनसम्पति काे नगरे कै राम्रो
यस्तै कुलङगार समाज छ अहिले पनि हाम्रो ।

घमण्ड त उसैले गर्छ जाे सँग धन छ
धन सम्पत्ति नभए पनि सफा मन छ । ।

मिति :२० जुलाई २०२२
दक्षिण भारत पाणडेचरि ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?