बिहिबार, माघ २४, २०८१

गजल

पुण्य प्रसाद घिमिरे

प्रेमकाे संसार, मनमनै हुन्छ,
मायालु स्वरूप, रनवनै हुन्छ।

ताैलने तराजु ढक हालाहाल
पुगेन पुगेन, गनगनै हुन्छ, ।

अन्तिम घुट्का, कहिल्यै नहुने,
जति पेउ प्याला, तनतनै हुन्छ।

भेट्याे ठ्याँस ठ्याँस, झुलाे चकमक
झिल्काकाे जलन, दनदनै हुन्छ ।

झरिका फाेका याे, उठ्दै फुट्दै
माेती सच्चा प्रेम , झनझनै हुन्छ ।

७९/४/१०, दाेलखा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?