फेसबुक कवि
हटाेस् जिन्दगीमा, लाेभ काम तृष्णा,
मागेर नै गुजारा, भाेक माम तृष्णा ।
छल बल कलमा, सम्पति थुपारी,
धर्मात्मा देखाउने, ढाेङ्गी धाम तृष्णा ।
रगतका नाता, भजिने मन्त्र देख्दा
जिउनी महायुद्ध, व्याप्त दाम तृष्णा ।
व्रम्हाण्ड अायु पनि, गणना भित्रै,
भजाइन्छ अाफ्नै, कीर्तन नाम तृष्णा ।
अलमलै किन र? दाेबाटामा जीवन,
लाेक हित मार्ग, बनाेस् राम तृष्णा ।
दाेलखा