आइतवार, माघ २०, २०८१

“आयो बरै तिजको रहर “

कमला बगाले हिसार

 

घुम्दै फिर्दै आयो बरै तिज घर आगन।
माइति सम्झी रुन्छ यो मन ।।
धेरै भयो माइति छोडि प्रदेशमा आएको ।
छैन आमा तिम्रो हातको दर खाएको ।।

आमाबाबा सम्झी रुदैछु म मर्भुमीमा ।
यसपाली नि आउन पाईन तिजमा ।।
दिदिबहीनी सम्झी रुन्छ यो मन धुरुरु ।
म चेली तिजमा आउन पाईन के गरु ।।

मनको बेदना पोख्छु आमा प्रदेशमै बसेर ।
रुदैछु आमा तिम्रो त्यो काख सम्झेर ।।
सबै संग बसेर रमाइलो गर्ने मन थियो ।
बाध्यता म चेलीलाई प्रदेशी बनाईदियो ।।

म एक्ली छोरीलाई सम्झी नरुनु है आमा ।
दिदिबहीनीहरु संग रमाउनु है तिजमा ।।
यसपालीको तिज पनि बित्ने भो प्रदेशमा ।
बाचे भनि आउछु आमा आर्को तिजमा ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?