बिहिबार, माघ २४, २०८१

छानौ न नेता

धुर्व गिरि                                                    विरका सन्तान निरीह भयौं नेताको चालाले
कालापानी सुस्ता कब्जामा लिए विदेशी सेनाले
कति दिन बस्नु चुप लागि हामी अन्याय सहेर
उठौ न जुटौं नेपाली हामी एकजुट भएर ।।

चुनाव आउँदा गर्दछन कुरा समृद्ध नेपालको
जितेर जान्छन् बनाउछन महल सुविधा आफ्नैको
नबनौ अन्धो सुप्रयोग गरौं अमुल्य मतलाई
हाम्रो यो मतले नदियोस वल त्यो राष्ट्रघातलाई ।।

बेचेर खाए नदी र नाला पजेरो चड्दछन
सीमाको बाँधले नेपाली डुब्दा लुकेर हेर्दछन
नलाउ ताली जेगरेपनी छुट्ट्याउ न ठिक बेठीक
ब्यक्तिगत स्वार्थ सबैले त्यागौ गरौं है देशको हित।।

यस्तो पो नेता चुनौ न हामी देशभक्ती भएको
कुरामा होइन समाजवादको दृस्ठिकोण भएको
अन्यत्र कतै अयोग्य भइ काम नपाइ बसेको
रोजौ न बरु योग्यतासहित क्षमता भएको ।।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?