कमला बगाले ” हिसार ”
नेपाल आमा तिम्रो छातीमा
परेड खेल्नको लागी ,
बिदेशीलाई नागरीकता
दिदैछन देश फिजी बनाउनको लागी ।
सडक देखी सदन सम्म
बिरोध गरेउ हामीले ,
तर पनी बिधेयक पास
गराए राष्ट्रघाती नेताले ।
हामीले पनी भारतका गल्ली गल्लीमा
बिरोध सभाहरू गरेउ यसको बिरोधमा ,
जनताको आवाजलाई तिरस्कार
गरीदिए राष्ट्रघाती संसदहरुले ।
फेरी पनि हामी उठ्दैछौ
एकजुट भएर ,जुट्दैछौं।
गरिकता बिधेयक खारेज गराउन भनेर ।
इटाको जबाफ पत्थरले
दिनेछौ हामीहरू राष्ट्रघाती नेताहरुलाइ एक एक गरि चिनेकाछौं ।
जनताको आवाजलाई
कमजोर नसंझ राष्ट्रघातिहरु
आंधीबेहेरी हुरी बनेर देश बचाउन आउदैछौ हामी ।
खबरदार राष्ट्रघातिहरु
होशियार दलालहरु
हामी मसाल बालेर फेरि उठ्दैछौं फेरि जुट्दैछौं।