बुधबार, माघ २३, २०८१

“नियती “

खिमराज चालिसे ,हाल चंढिगढ

सम्पती मस्तै कमाएर के गर्यौ र सधै धाक लगाउँछौ।
कसैको मजबुरी र गरीबीको सधै मजाक बनाउँछौ।।

नियत त्यस्तै हो कि तिमी टुप्पा बाट पलाएको बिरुवा हौ।
भुईमा खुट्टा देखिदैन आकासमा कहिले सम्म टिक्ने हौ।।

तिम्रो त्यो चिप्ला गाडिमा गरिब बसे धेरै तेल पिउछ रे।
तिम्रो आलिसान महलमा गरिब पसे अपबित्र हुन्छ रे ।।

तिम्रो संगत गर्दा तिमी लाई सानो भएको भान हुन्छ रे।
तिमी बस्ने ठाउ नजिकै बसीदिदा नि मन पिरो हुन्छ रे।।

चार हात कात्रो कसैको ठुलो सानो हुदैन राम्ररी बुझ ।
वक्त सबैको चर्खा जस्तै हो बदलिन्छ भन्ने राम्ररी बुझ ।।

न तिम्रो सम्पती लाससंगै साथै जाने हो न त हाम्रो जान्छ।
धर्तीमा घमन्ड जती गर्छौ त्यती नराम्रो छाप छोडि जान्छ।।

घिउ खानेहरु पनि च्याउ खाने हुन केहि बेर लाग्दैन।
नासबान शरिर हो नास हुन पनि केही बेर लाग्दैन।।

सुख दुख त सबै जीवन यात्रा हो चर्खा झै चलिरहन्छ।
के को घमन्ड हो बरै घाम छाया त धर्तिमा चलिरहन्छ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?