सेखर पोख्रेल
विराट लक्ष्य लिएर,
हिँडेको छु जीवन मा
त्यसैले म रोकिन सक्दैन
असफलताहरूको चोट खाएर पनि
म झुक्न सक्दैन…
जब प्रयास असफल भएर छरिन्छन
अनि अङ्ग अङ्ग शिथिल भएर जान्छन्
पुरुषार्थमा कहाँ भूल भयो ?
यहि प्रश्नले आक्रोश भड्किन्छन् ..
यो कठिन र दुष्कर पलमा पनि
म रोकिन सक्दैन
विश्व कल्याण नै साध्य मेरो हो
त्यसैले म कहिल्यै झुक्न सक्दैन…
हृदय को प्रचण्ड ज्वालाबाट लिएर अग्नि
मेरो हौसलाको पून मशाल जलाउदै छु
निराशा र हताशा लाई गरेर भस्म
म आफुलाई महाविकराल बनाउदै छु …
किन डराउँछौ तब तिमी
यो मुश्किल समयमा
धैर्य बनाइ राख
यि टुक्रिएका कडीहरु मा…..
त्यो म होइन
जो ठेस लागेर मर्नेछु
म नीलकण्ठको अंश हुँ
जो विष पिएर पनि बाँच्नेछु…
योग्य छैनन् यी परिस्थितिहरू
मन भित्रको प्रचण्ड अग्निलाई शान्त गर्न
ती हुंकारहरूको मूर्त हुन निश्चित छ
जसको गुन्जन ले “कृतान्त” गर्छ…..
देवताहरूको सूर्य जस्तै ओज हुँ म
आफैमा आफ्नो खोज हुँ
आत्मविश्वास अनन्त छ म मा
प्रतिदिन म स्वकथन गर्छु …
परिणाम संग कुनै आशक्ति राख्दैन
न त असफलतालाई म शिर चड्न दिन्छु
म निष्काम कर्मयोगी हुँ
मात्र यीनै शब्द मन लाई पढ्न दिन्छु…..
राख धैर्य लाई मनमा आफ्नो ….
तिमी कुनै धूर्त श्रृंगाल होइनौं
सिंह को महाप्रचण्ड दहाड़ हौ
प्रयासहरू खाली हुन सक्दैनन् तिम्रो
निश्चय को दृढ़ता मा पहाड हौ तिमी…..
यस्ता अद्भुत अदम्य संकल्पहरूको रथमा
भएर वज्र जस्तै चलिरहेको छु
त्यसैले कहिले रोकिन सक्दैन
असफलताको चोट खाएर पनि
म कहिल्यै झुक्न सक्दैन…🔥
म कहिल्यै झुक्न सक्दैन…🔥
धन्यवाद 😊
📝शिक्षा:- प्रिय युवा साथीहरू, यो “वीर रस युक्त कविता” ले हाम्रो भित्री शक्तिलाई सधैं जागृत राख्नेछ, जीवनका कठिन क्षणहरूबाट बाहिर निस्कन सहयोग गरिरहनेछ…