![](http://jhimrukpost.com/wp-content/uploads/2023/10/IMG_20231016_195231.jpg)
मिनबहादुर राना
मान्छे
सिक्न चाहान्न
सिकाउन चाहान्छ
सुन्न चाहान्न
सुनाउन चाहान्छ
बुझ्न खाेज्दैन
बुझाउन खाेज्दछ
देख्न मान्दैन
देखाउन माग्दछ
याे दुनियाँ पनि अचम्मकाे छ
खाेक्राे सत्यकाे लडाइ चलिरहेछ
आफूलाई सत्य सावित गर्ने हाेडमा मान्छे
निम्नस्तरकाे प्रतिस्प्रधामा उत्रेकाे छ
जब जित्ने आकांक्षाले सीमा नाघ्छ
तब
विजयकाे नाममा
फगत एक थाेपा अवीर पहिरन
फगत एक घातुकाे टक्मा छातिमा टाँग्न
मान्छे
ज्यानकाे बाजि लगाउन तयार हुन्छ
मान्छे
आफ्नै वंश नाश गर्न तयार हुन्छ
याे धर्म भनेकाे छ मान्छे मारेकाे छ
त्याे दर्शन भनेकाे छ फेरि मान्छे मारेकाे छ
कानुन भनेकाे छ मान्छे नै मराएकाे छ
तिम्रा धर्मले मान्छे बचाउन सक्दैन भने
तिम्राे दर्शन मान्छेकाे लागि काम लाग्दैन भने
तिम्रा कानुन मानवकाे रक्षा गर्न सक्दैन भने
महाेदय बन्द गर तिम्रा प्रवचन
बन्द गर तिम्रा स्कुल
भत्काउ तिम्रा मन्दिर मस्जिद चर्च र गिर्जा घर
च्यातिदेऊ तिम्रा कानुन र धर्मका ग्रन्थ
जसले बनायाे मावन संहार गर्ने
धर्म, दर्शन र कानुन
थुनेर तिनै अपराधका सर्जकलाई
छाडिदेऊ हामीलाई स्वतन्त्र
चाहिएन तिम्रा स्वर्ग
चाहिएन तिम्रा मुक्ति
चाहिएन तिम्रा थाेत्रा
दर्शनका ठेली
चाहिएन तिम्रा
मानवकाे रक्षा गर्न नसक्ने
विधिविधान र पहिचान
हाम्राे ठामथलाे मेटिँदा पनि
तिम्राे सत्य जाग्दैन
लासमाथि लास पर्दा पनि
तिम्राे क्राेधाग्नी निभ्दैन
तिम्ले बुझेकाे सत्य हाे भने
मैले भाेगेकाे असत्य कसरी हुन सक्छ ?
तिम्ले पढेकाे सत्य हाे भने
मैले मरेकाे असत्य कसरी हुन सक्छ ?
मानव नभए कुनै धर्म हुने छैन
मानव नरहे कुनै देश रहने छैन
देश नरहे रहन्न पहिचान
मानव नै न रहे कसले पढ्छ
तिम्रा विजयका गाथा
कहाँ पुग्छ तिम्रा स्वभिमान र अभिमान ?
अर्काकाे मृत्युमा विजयकाे टीका थाप्ने तिम्रा निधारमा
काैन जाने
एक दिन आफैले बनाएकाे गाेली दागिन सक्छ
अर्काकाे मरनमा उत्सव मनाउने त्यही मञ्चमा
काैन जाने
तिम्रै अकाल मृत्युकाे शाेक सभा हुन सक्छ ।
कहिल्यै व्यहारमा नआउने ज्ञान
कसैलाई अलिकता उँचाे देख्न नसक्ने नयन
सधै जित्नै पर्ने चिन्तन
अरुकाे अस्तित्व स्वीकार्न नसक्ने मन
यही हाे याे महासमरकाे स्राेत
नरसंहारकाे जिम्मेवार तिमी हाे
अरुलाई देखाएर उम्कन नखाेज
तिम्राे अहंकार हाे
याे संहारकाे जिम्मेवार
गुल्मी फाेक्सिङ
हाल
समरसेट ब्रिघवाटर, वेलायत