
काल्पनिक समाजवादीहरूले समाजवादको परिकल्पना गरे,ऊनीहरूको कल्पनाको समाजवादलाई मार्क्स,एन्जेल्सले बिपनामा साकार पार्र्नु भयो र ऊनीहरूको टाऊकाले टेकेको समाजवादलाई खुट्टाले टेकाएर ऊभ्याऊनु भयो।पॅुजीवादको विकल्पमा समाजवाद र साम्यवादको बिकल्प पेश गर्नु भयो ।सहकारी क्षत्रमा पनि काल्पनिक समाजवादीहरू सेन्ट साईमन,चार्लस फुरिए,रवर्टओवेनहरूले मज्दूर र गरीब किसानहरूको जीवन स्तर ऊकास्नको लागी सहकारीको परिकल्पना गरेका थिए।विशेष गरी रवर्ट ओवेनले सर्ब प्रथम ऊपभोक्ता केन्द्रहरू खोलेर सुलभ दरमा सामान ऊपलव्ध गराएका थिए। सन १८२५ पछि ऊनले सामुहिक बस्ती बिकासको अवधारणा अघी सारे र त्यसको लागी जमीन खरीद गरेका थिए।त्यस जमिनमा ऊनले
सामुहिक वसोवास, सामुहिक भोजनालय,सामुहिक स्कूल,सामुहिक ऊपभोक्ता पसल आदि प्रस्ताबित गरेका थिए।
आज वहॅाहरूको सहकारीको सपना झॅागिएर विश्वभर फैल्एको छ।आज सहकारी सर्ब साधारण वर्गका जनताहरूको दुखसुखको नजिकको साथि बन्न सफल भएको छ।
वास्तवमा सहकारी र समाजवादको गन्तव्य एऊटै दिशामा चलायमान छ। सहकारी समाजवादको एक अंग हो, भ्रूण हो।सहकारी जनताको अर्थतन्त्र हो।सहकारीका वास्तविक ऊदेश्यहरू समाजवादका ऊदेश्यसंग मिल्दाजुल्दा भएकोले भोलीको समाजवादी समाजको अभ्यास आज सहकारीको माद्यमबाट अर्थात नितान्त सहकारीको वास्तविक नीति र ऊदेश्हरूको कार्यान्वयनबाट हुन सक्तछ।
राज्यले संविधानमा समाबेस गरेको तीन खम्वे अर्थनीति(सरकारी,नीजि र सहकारी) ले सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानेको छ र सहकारी देशको आर्थिक मेरूदण्ड बनेको छ।वास्तवमा यी ३ वटै अंगहरूलाई सकृय बनाऊन सकेमा मात्र देशको आर्थिक समृद्धी सम्भव छ।नीजि क्षत्रले नाफामा मात्र जोड दिन्छ।सरकारीका आफ्नै बाध्यता हरू र आवश्यकताहरू बढीहुने भएकोले सीमित पॅुजी र श्रोतमा चल्नु पर्ने बाध्यता हुन्छ,सहकारीले यी दुबै पक्ष लाई तादम्यता मिलाऊॅदै हरेक ऊत्पादनशील क्षत्रहरू जस्तै जलस्रोत,पर्यटन,पूर्वाधारहरू ,कृषी क्षत्र,पशुपालन आदिमा लगानी बढाउन सकिन्छ।कृषी क्षत्रमा रोजगारीको ठूलो संभावना हुने भएकोले यस्मा राज्यले बिशेष ध्यान दिनु पर्दछ।सरकारले सहकारी र नीजि क्षत्रलाई विश्वासमा लिएर ऊनीहरूसंगको पॅुजी परिचालन गर्न आकर्षित गर्नु पर्दछ।सहकारी संगको सहकार्यबाट मात्र राज्यले टाऊकाले टेकेको हालको देशको अर्थतन्त्रलाई खुट्टाले टेकाएर ऊभ्याउन सक्दछ।राज्यले संबिधानमा समाजवाद उन्मूख अर्थ नीतिको व्यवस्था गरेकोले यस्को सफल कार्यान्वयनको लागी ३ खम्बे अर्थ नीतिमा मुख्य धुरी खॅाबो सहकारीलाई बनाऊनु पर्दछ र ॲर्थतन्त्रको मुख्य पहरेदारीको जिम्मा पनि सहकारीलाई नै दिनु पर्दछ।किनकि मिश्रीत अर्थतन्त्रको सन्तुलन मिलाउने क्षमता र हैसियत सहकारी संग छ र हुनु पर्दछ।
देशमा सहकारीको बिशाल क्षत्र देखिएको छ।देशमा झण्डै ३० हजार सहकारी दर्ता छन।झण्डै ४०%जनसंख्या सहकारीमा आबद्ध छन। सहकारीले झण्डै ९० हजार ब्यक्तिलाई पत्यक्ष रोजगारी दिन सफल भएको छ भने अप्रत्यक्ष रूपमा पनि प्रसस्त रोजगारी प्राप्त भएको अवस्था छ।२ करोड ९० लाख जनसंख्यामा हाल देशमा रहेका झण्डै २ करोड जनसंख्याको ४०% अर्थात ७७लाख जनता सहकारीमा आबद्ध रहेको तथ्यांकले देखाएको छ भने बित्तिय क्षत्रमा यसको योगदान २१% रहेको देखिन्छ भने शेयर पॅुजी झण्डै एक खर्बको हाराहारीमा छ।सहकारीलाई ससक्त नियमन गरेर पारदर्शी बनाएको खण्डमा यस्ले आफ्नो आकारमा झनै विस्तार गर्ने सम्भावना छ।सहकारी आ-आफ्नो स्थान अथवा भूगोलबाट उठ्ने भएकोले पनि आम नागरिकमा यस्को भूमिका आर्थिक रूपमा मात्र नभएर राजनैतिक, सामाजिक, सॅास्कृतिक, रूपमा पनि उत्तिकै महत्व रहेकोले सहकारी अभियानलाई व्यापक रूपमा जनता समक्ष पुर्याउनु पर्दछ।सहकारीको आगमन पूर्व दुखी गरीब जनताहरू आफ्नो सामान्य खॅाचो टार्न गाऊंका ठूला बडा साहु महाजन संग ऋणको लागी शरण लिन जानु पर्थ्यो।गाऊॅका ती सामन्तहरू मौकामा चौका छोपेर नाजायज जाली तमसूक गराएर सर्बस्व हरण गर्दथे।आज सहकारी जनताको सुख दुखको साथी बन्दै गएको छ।आफुले सके जति सहकारी संस्थामा बचत गर्छन,खॅाचो हुॅदा निकाल्छन।बैंकमा जस्तो झमेला पनि हॅुदैन,साहुलाई जस्तो गुहार्न पनि पर्दैन।आफ्नो हैसियत दुनियॅालाई देखाउन पनि परेन।वास्तवमा सहकाारी समाजको ऐना हो र हुनु पर्दछ।सहकारी अॅाफैमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध अर्थात अॅाफै उत्पादक र अॅाफै बजार दुबै हुन।सहकारी संस्थामा उत्पादित बस्तु तथा व्यापारबाट हुने अतिरिक्त मुल्य वा नाफामा आ-आफ्नो हैसियत अनुसार सबै हकदार हुन पाउने व्यवस्था भएकोले सहकारीमा समाजवादको अनुहार भेट्न र देख्न सकिन्छ।
तर आज केही विचौलियाहरू सहकारीमा घुसेर सहकारीका निश्चित ऊदेश्य र मर्महरू माथि प्रहार गरिरहेका छन।गरीब दुखी जनताहरूको खुन र पसीनावाट जम्मा गरेको वचत रकम हिनामिना गरेका छन,कतिपयले आफ्नो ब्यक्तिगत संपत्ति बनाएका छन।बिचौलियाहरू सहकारीमा घुसेर मनपरी गर्दैछन र सहकारी प्रति अविस्वास फैलाई रहेछन।सहकारीहरू बैंकका अॅाखाका कसेर बनेका छन र सहकारीलाई असफल पारेर आफ्नो मनपरी राज कायम गर्न कम्मर कसेर लागी परेका छन।बैंक तथा बित्तिय संस्थाहरूमा जम्मा भएको निक्षेप झण्डै ५६ खर्वमा झण्डै ३५ खर्व देशका १००जना त्यसमा पनि विशेष गरी २०जना विनोद चौधरी.पशुपति मुरार्का जस्ता विचौलियाहरूको कब्जामा छ।जनताको खुन र पसीनामा विचौलियाहरू रजाईं गरेका छन मनपरी गरेका छन।अझ गम्भीर कुरा त के भने यी विचौलियाहरू कुनै पनि वेला बैंक पॅुजी बिदेश पलायन गराएर देशको अर्थतन्त्र धरापमा पार्दै छन।सुनिन्छ बिनोद चौधरीले पॅुजी पलायन गरी श्रीलंका,अफ्रिकामा ठूलो लगानी गर्न थालेको छ।अब यो क्रम बढ्ने निश्चित छ।त्यसैले अब सहकारीहरूले विचौलियाहरूको यी गलत धन्दाहरूको जन समक्ष ऊजागर गर्नु पर्दछ र देशको अर्थतन्त्रको रक्षा गर्न अर्थतन्त्रका यी धमीराहरूको भण्डाफोर गर्दै आम जनसमुदायमा सहकारी प्रति बढ्दै गएको भ्रम र अबिस्वास हटाऊन व्यापक पहल गर्नु पर्दछ।सहकारी अभिएन्ताहरूले ढीलो नगरी बिभिन्न स्थानमा अन्तरकृया सेमिनारहरूको कार्यक्रमको आयोजना गरेर साथै विभिन्न संचार माध्यमहरूबाट यथार्थता संप्रेषण गरेर सहकारीको आवश्यकता र महत्व बारे झनै बढी प्रकास पार्नु अत्याबश्यकता भएको छ।
सहकारीहरूले केवल ऋण तथा बचतको कारोबार मात्र गरेर हॅुदैन,राष्ट्र्िय अर्थतन्त्रको विकास तथा समृद्धीको लागी बिभिन्न ऊत्पादनमूलक कार्यमा जोडिनु पर्दछ।आ-आफ्नो क्षत्रमा के सम्भावना छ?पहिचान गरेर कृषी,पशुपालन तथा पर्यटन क्षत्रमा लगानी गर्नु पर्दछ।कृषी क्षेत्रमा रोजगारीको प्रसस्त सम्भावना भएकोले सहकारीहरूले बिषय बिज्ञहरू संगको परामर्समा ऊत्पादनमूलक सहकारी संस्थाहरू संचालनमा ल्याऊनु पर्दछ र उत्पादित बस्तुहरू सकेसम्म सहकारी सहकारीबीच आन्तरिक बजारको तादम्यता मिलाई बिकृ तथा बिनीमय गर्ने नीति अप्नाऊनु पर्दछ।बहुऊदेश्यीय सहकारीहरूले सस्तो तथा गुणस्तरिय ऊपभोक्ता पसलहरू संचालनमा ल्याऊनु पर्दछ र रोजगारीका अवसरहरू शृजना गर्नु पर्छ ।१८औं शताब्दीको रवर्ट ओवेनको सपना साकार पार्नु पर्दछ।राष्ट्र,राष्ट्रियता,गणतन्त्रको रक्षा र दीगो आर्थिक विकासको लागी संपूर्ण सहकारी संस्थाहरू कम्मर कसेर लाग्नु पर्दछ।राज्यले सहकारीमा हुन सक्ने अराजकता रोक्न ठोस कार्यनीति बनाएर नियमन गर्नु पर्दछ र अर्थतन्त्रको एक मूल खम्बाको रूपमा रहेको सहकारी संस्थाहरूलाई अरू मजबूत बनाऊन रोगको सही डाईग्नोसीस गरी ऊपचार गर्र्नुपर्दछ।सहकारी संचालकहरू नैतिक र ईमान्दार बन्नु पर्दछ।सहकारी संस्थाका मूलभूत नियम र कानुनहरूलाई अक्षरस पालन गर्नु पर्दछ।देशको झण्डै दुई तिहाई जनसंख्यामा प्रभाव पार्न सफल सहकारी क्षत्रले आफ्ना गतिविधीहरूलाई अझै अगाडि बढाऊदै अर्थतन्त्रको मूल मीयो बन्न सक्नु पर्दछ र राज्यले अंगिकार गरेको समाजवाद उन्मूख रणनीतिलाई सफल पार्ने मुख्य जिम्मेवारीमा प्रतिबद्ध हुनुपर्छ।धन्यवाद,जय सहकारी॥
ढुण्डिराज शर्मा बुटवल











