शुक्रबार, पुस ४, २०८२

मल्लरानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम : १९ प्रतिशत वित्तिय प्रगति

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष ०८२/०८३ अन्तरगत प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्र सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका प्यूठानको आयोजना तथा झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि.को सहजिकरणमा मल्लरानी गाउँपालिका वडा नम्वर ५ कुमिकोटमा कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्रथम चौमासिक अवधिमा गाउँपालिका मार्फत संञ्चालित आयोजना तथा कार्यक्रमबारे जानकारी दिदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय पौडेलले कुल बजेटको १९ प्रतिशत वित्तिय प्रगति गर्न पालिका सफल रहेको बताउनु भयो । चालु खर्च तर्फ २४ प्रतिशत र पुजिँगत तर्फ ८ प्रतिशत वित्तिय प्रगति रहेको उहाँको भनाई छ ।

 

सार्वजनिक सुनुवाई कार्यक्रमा सडक,स्वास्थ्य सेवा, लक्षित वर्गको कार्यक्रम,दैनिक सेवा प्रवाह,कृषि तथा पशुसेवा,खानेपानी लगाएतका सवालमा प्रश्न तथा जिज्ञासाहरु उठेका थिए । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल र वडा अध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरुले उठेका सवालमा जवाफ दिनुभएको थियो ।

 

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुलाईलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष खड्काले कतिपय आयोजना कार्यान्वयनमा अगाडी बढेको र सम्बोधन हुन नसकेका योजनाहरुलाई क्रमिकरुपमा सम्बोधन गर्दै अगाडी बढ्ने बताउँनु भयो । सार्वजनिक सुनुवाईको क्रममा उठेका प्रश्न तथा विकास निर्माण सम्वन्धी मागलाई क्रमिकरुपमा सम्वोधन गर्दै अगाडी बढ्ने अध्यक्ष खड्काले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक सुनुवाईको सहजीकरण झिमरुक नेटवर्क एण्ड मिडियाका संचालक पत्रकार जुमान सिंह के.सी.ले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal