सोमवार, पुस १४, २०८२

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध तरिकाले हस्तक्षेप बढाउदै लगेको बताउनु भएको छ । शुक्रबार अखिल नेपाल शिक्षक सघको बुटवलमा अयोजित पाँचौँ राष्ट्रिय महाधिवेशनलाइ सम्वोधन गर्दै नेता केसीले अमेरीकाले संगठित र आक्रामकरुपमा हस्तक्षेप बढाएको आरोप लगाउँनु भयो ।

कांग्रेस, एमाले र माओवादीजस्ता सत्ताधारी दलहरू विदेशी शक्तिका दलाल बनेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पारित गराई अमेरिकी चलखेललाई औपचारिक रूपमा नेपाल भित्र्याएको उहाँले दाबी गर्नुभयो । “एमसिसी केवल आर्थिक परियोजना मात्र होइन । यो अमेरिकी साम्राज्यवादको राजनीतिक, सैनिक र वैचारिक हस्तक्षेपको ढोका हो” अध्यक्ष केसीले भन्नुभयो,“एमाले, काग्रेस र माओवादीले सत्तास्वार्थको राजनीतिलाई अगांल्दा देशको सार्वभौमिकतालाई नै कौडीको भाउमा सुम्पिन पुगे ।”

अमेरिकी योजनाअनुसार नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्ने, आन्दोलनहरूलाई दिशाहीन बनाउने र जनआक्रोशलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने षड्यन्त्र तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो ।

जेन–जी आन्दोलनको सन्दर्भमा अध्यक्ष केसीले युवाहरूका मागहरू स्वाभाविक, जायज र जनपक्षीय भए पनि ती आन्दोलनहरूलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरेको स्पष्ट पार्नुभयो । “जेनजीका मागहरू गलत होइनन्, ती देशको वस्तुगत अवस्थाबाट जन्मिएका हुन्” उहाँले भन्नुभयो, “तर ती आन्दोलनहरूलाई विदेशी शक्तिहरूले अपहरण गरेर आफ्नो एजेन्डा पूरा गर्न खोजिरहेका छन् ।”

विद्यालयहरूलाई विदेशी विचारधाराको प्रयोगशाला बन्न नदिने दृढ अडान लिन शिक्षकहरुलाई उहाँको आग्रह थियो । “शिक्षकहरू ज्ञान बेच्ने व्यापारी होइनन्, उनीहरू राष्ट्रियता, स्वाधीनता र क्रान्तिकारी चेतनाका निर्माता हुन् । शिक्षक मौन बस्यो भने देश साम्राज्यवादको गुलाम बन्नेछ”,उहाँले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले कांग्रेस, एमाले र माओवादीको सत्ता–केन्द्रित, अवसरवादी र जनविरोधी कार्यशैलीका कारण जनतामा विद्रोहको चेतना तीव्र रूपमा फैलिँदै गएको बताउनुभयो । उहाँले शिक्षकहरू राष्ट्रका बौद्धिक हतियार भएको उल्लेख गर्दै राष्ट्रियताको सवालमा सम्पूर्ण शिक्षकहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्की अध्यक्षतामा संचालन भएको अधिवेशनमा अधिवेशमा शिक्षकका विभिन्न पेशागत संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगाएतले सफलताको शुभकामना राखेका थिए । संघका महासचिव चक्रपाणी पौडेलले संचालन गर्नु भएको कार्यक्रममा शिक्षक संघका कृष्ण प्रसाद आचार्यले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal